रेवत राईको “खुशे” सार्वजानिक (भिडियो सहित)

काठमाडौ-गायक रेवत राईको “खुशे” बोलको गीत सार्वजानिक भएको छ । युवा पुस्ताका निक्कै जल्दाबल्दा गायक रेवत राईको स्वर तथा संगीतमा रहेको यो गीत “लय” गीति एल्बममा समेटिने छ । “लय” गीति एल्बम रेवत राईको आफ्नो दोस्रो गीति एल्बम हो । पेङ्ग किरातको शब्द रचना रहेको यो गीतको एरेन्ज लाहाङ्ग सुब्बाले गरेका छन् । खुशेको अर्थ किरात राई चाम्लिङ्ग भाषामा “कान्छी” हुन्छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल तथा नायिका रेखा फागोलाई मोडल शेरबहादुर मगरले अभिनयमा साथ् दिएका छन् । नायिका रेखा फागोको दर्जनौ म्युजिक भिडियो हिट भएका छन् भने चलचित्र “तारेभिर” की नायिका पनि हुन् । शेरबहादुरले पनि एक दर्जन जति म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

क्यामेरा मेन ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अहिलेका व्यास्त म्युजिक भिडियो निर्देशक नेत्र किरातीले निर्देशन गरेका हुन् भने रोशन मगरले कोरियो ग्राफ गरेका छन् । यो गीतको म्युजिक भिडियोमा प्रकाश चाम्लिङ्गले पनि अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

 

श्रीकाली चौरमा जे देखियो, त्यो लेखियो – नायिका रेखा र शेरबहादुरको मस्ती (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *