रैछाकुले, तायामा र खियामाको पूर्णकद तुवाचुङ–जायाजुङडाँडामा राखिने

tayama khiyamaचिसाङ्ग शेर्पा-कार्तिक ७ खोटाङ्ग, किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा खोटाङको महादेबस्थान–१ स्थित तुवाचुङ–जायाजुङडाँडामा राखिने टुंगो लगाइएको छ ।

किराँत राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वर काठ्माण्डौंमा शुक्रबार बसेको प्रतिमा स्थापना समिति, किरात राई यायोक्खा र मुर्तिकारको छलफलले बैसाख ७ गतेभित्र तुवाचुङ–जायाजुङ डाँडामा किराँती पुर्खा रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा राख्ने निर्णय गरेको हो ।

किराँती पुर्खाको प्रतिमा स्थापनार्थ गठित समितीले रैछाकुले, तायामा र खियामाको काल्पनिक रेखाभित्र तयार पारेर सार्वजनिक गरेको दुई महिनापछि प्रतिमा राख्ने स्थान निश्चित गरिएको हो । प्रतिमा स्थापना समितिले गत भदौ ४ गते तायामा, खियामा र रैछाकुलेको रेखाचित्र निर्माण गरी सार्वजनिक गरेको थियो ।

खोटाङको धार्मिक तथा पर्यटकीय स्थलकारुपमा रहेको तुवाचुङ–जायाजुङडाँडालाई किराँतीको उद्गम थलोकारुपमा मान्ने गरिएको छ । तीन किराँतीको पुर्खाको मुर्ती स्थापनाका लागि २६ लाख बढी रकम संकलन भइसकेको तायामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *