रोकिएको वेलाका नगरपालिकाको रोकिएको मत गणना, निर्वाचन आयोगको निर्णय पछि मात्रै सुचारु हुने

उदयपुर १९ असार-उदयपुरको वेलका नगरपालिका वडा नम्बर ४ मा ३ मत बढी देखिएको भन्दै कांग्रेस र माओवादीले विरोध गरेपछि शनिबारबाट रोकिएको मतगणना कार्य निर्वाचन आयोगको निर्णयपछि मात्रै सुचारु हुने भएको छ ।

मतगणनाका क्रममा मतदान स्थलमा खटिएका कर्मचारीबाटै धाँधली भएको कांग्रेस र माओवादी केन्द्रको दाबी छ । प्रजिअ, मुख्य मतदान अधिकृत र स्थानीय राजनीतिक दलबीचको सहमतिमा ३ मत छानवीनका लागि निर्वाचन आयोगलाई जिम्मा दिने निर्णय भएको हो ।

वडा नम्बर १ र २ मा अग्रता लिएको कांग्रेस ३ र ४ मा भने कमजोर देखिएको छ भने यी वडामा एमाले र माओवादी केन्द्रबीच प्रतिष्पर्धा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *