रोल्पाको दुई खोली र थवाङ्ग गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा १७ असार- रोल्पाको तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी चार हजार छ सय आठ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कुलाई पराजित गरेका हुन् । घर्तीले एक हजार नौ सय ८९ मत मात्रै प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छन्। बूढाले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गरिन। सो गाउँपालिकामा रहेका सातवटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ।

यसैगरी थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गरिन। पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ। जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES