रौतहटको बाढीपीडितलाई हाम्रो क्लब बेल्जियम द्वारा राहत वितरण

रौतहट १३ भदौ
रौतहटको परोहा नगरपालिका ७ र ८ नरकटिया टोलका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । महाविनासकारी ठूलो बाढीको चपेटाबाट डुबानमा परेका पीडित परोहा नगरपालिका हाल ७ र ८ वडा साविक (गाविस) नरकटिया टोलका बाढी प्रभावितहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।

हाम्रो क्लब बेल्जियम, समाजसेवी यसोदा थापा, बद्री नाथ झा र बुद्धि मनान्धरको संयुक्तरूपमा उपलब्ध गराएका राहत बाढीपीडित परिवारलाई वितरण गरिएको छ।

नसोचे भन्दा ठूलो विनासकारी बाढीले रौतहटको हजारौं हजार घर परिवारलाई घर बिहिन बनाएकोले खाद्यान्न, लत्ताकपडा, अन्य सामाग्रीहरू नष्ट भएको छ ।

बाढीपिडीत परिवारजनको लागि देशमा नहुदा पनि बिदेशबाट बढी नभए थोरै भएपनि सेवा गर्न मौका पाएकोमा सबै दातृ निकायले खुशी महशुस गर्नुभएका छन ।

यस्तो अप्रिय तथा दैवीक प्रकोप दुखद घटना जुन ठाउँ र जहाँ हुन सक्छ त्यसैले देश बिदेशमा रहनुभएका सबै नेपाली दाजु भाई, दिदी बहिनीहरुसँग सहयोग गर्नका लागि आफनो ठाउँबाट सक्दो सहयोग गरिदिन हुन क्लबका अध्यक्ष रमेश कंडेलले बताउनु भएका छन।

सदरमुकाम गौरबाट लगभग ४० देखि ४५ किलोमिटर ग्रामीण भेग भित्र रहेकोले सडक ठाउँ ठाउँमा बाढीले भत्काएको वा दूरी भएकै कारण यो ठाउँमा हाल सम्म कुनै बाहिरी गैरसरकारी संघ संस्था वा सरकारको राहत राम्रोसँग पीडित परिवारहरूले नपाएको स्थानीय पीडितहरूले बताएका छन ।

परोहा नगरपालिका लगायत जिल्लाको अधिकान्स गाउँहरू अहिले पनि कष्टकर जीवन बिताउन सडकको छेउछाउ र त्रिपालको सहारा लिएर बस्न बाध्य बनेकाले हाम्रो क्लब बेल्जियमको अध्यक्ष रमेश कंडेलको बिशेष पहलमा १०० घर परिवार, क्षेत्रीय समाज बेल्जियका महासचिव तथा एन.आर.एन बेल्जियका उपाध्यक्ष, समाजसेवी यसोदा थापाकी पहलमा ३५ घर परिवार, महोत्तरी जलेश्वर नगरपालिका हाल दोहा कतार मडैं सेवा समाजका बर्तमान अध्यक्ष बद्री नाथ झाको पहलमा २० घर परिवार र युवा व्यावसायि बुद्धि मनान्धरको तर्फबाट ५ घर परिवार बाढीपीडित गरि १६० जनालाई राहत स्वरूप चामल १० के.जी, दाल १ के.जी र मस्यौरा १ के.जी समेत गरिएको थियो ।

राहत वितरण तथा वास्तविक बाढीपीडित सम्म पुर्‍याउनमा सक्रिय भुमिका निर्वाह गरिदै आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहट तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलले सो सामाग्रीहरू बाढीपीडित ठाउँमा आफै लगेर वितरण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *