लक्ष्मी लघुवित्तले गर्यौ तामाङ् परिवारलाई विमा रकम हस्तानतरण

इलाम २० असार – माई जोगमाई गाउपालीका अन्तर्गत नयाँवजारमा रहेको लक्ष्मी लघुवित्तले आज एक कार्यक्रम विच विमा रकम हस्तानतरण गरेको छ । स्थानीय मृतक भिममति तामाङ्गको श्रीमान कर्ण बहादुर तामाङ्गलाई उक्त विमा रकम स्वरुप रु १ लाख ६५ हजार रुपैया प्रदान गरेको हो ।

विमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले  कार्यक्रम विच मङगलवार हस्तान्तरण गर्नु भएको हो  । उक्त विमा रकम लक्ष्मी लघुवित्तको सहकार्यमा वितरण गरीएको हो । सस्थामा महिला समूहका सदस्य भिममति तामाङ्गले पशु व्यावसाय गर्नको लागी लिएको कर्जा अवधिमै उहाको निधन भएकोेले उक्त विमा रकम दिएको प्रमुख चौधरीले जानकारी समेत गराउनु भएको छ ।

ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उक्त रकमको विमा समेत गरीने हुदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले वताउनु भयो । नयाँवजारमा लक्ष्मी लघुवित्त वि. सं २०७० फाल्गुन ०२ गते  स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गदै आई रहेको छ । संस्थाले विपप्न जनजाती दलित तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी ऋण प्रवाह माफर्त कार्यक्रम विस्तार गर्दै ग्रामीण क्षेत्रका जनताहरुको जिवन स्तर सुधार गदै आईरहेको छ ।

देवी अधिकारी

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES