लघुकथा : साली भेना

लघुकथा

साली भेना

“तँ अचेल निकै छाडा भएकि छस है रमिला , तेरो चालामाला मलाइ अलि ठिक लागेको छैन “- आँगनमा कसिङ्गर बढार्न लागेकी आफ्नी बैनिलाइ तिर्थेले खाउँला झै गरि हकार्यो ।

” त्यस्तो नहुने के गरेँ र दाइ मैले , बिहान बिहानै कराउनु हुन्छ “- रमिला स्पस्ट हुन खोजी ।
” जब कान्छा भिनाजु आउँछन त्यसै मसक्क परेर उफ्रिन्छे । अरु भिनाजुलाई भन्दा खुब खातिरदारि गर्छे , तेरो कुरो बुझेको छैन कि के हो मैले “

“लौ आफ्नो भिनाजु सङ्ग हास्न बोल्न पनि नपाउनु त ? हास्यो बोल्यो,दाइको गाली खानु पर्ने ! नबोल्यो भिनाजु ठुस्सिने ।”

“हास्नु बोल्नुको पनि त सिमा हुन्छ नि ,त्यस्तो त दिदी पनि संगै आएको बेला गर्नु नि । ती भिनाजु एक्लै किन आउँछन भन्ने मैले चाल नपाएको हो र !”

“लौ यस्तो पाप पनि सोच्ने !अबबाट कोहि भिनाजु आउँदा पनि हास्दिन बोल्दिन पनि ल ”
“तँलाइ नबोल त कसले भन्यो त नि! तर धेरै मस्का नलगा पो भनेको , घुमफिर पनि गर्छे रे भन्दा पनि सुनेथेँ अझ मैले त ।”

“लौ अस्ति ममिलाइ सोधेरै फिल्म हेर्न गएको हो त्यति सानो कुरालाइ पनि दाइले ल …”
भिनाजु सङ्ग टासिएर फिल्म हेरिस होला क्यारे नि , मलाइ त त्यति टेर पुच्छर लाउदिनेस ,पख त बाबा आउन दे न, तलाइ जान्या छु “

“म त टासिइन दाइ बरु हजुर कसैसङ्ग टाँसिएर फिल्म हेरेको भने मैले देख्याथे है”
“को सङ्ग …..?”- ऊ अलि आत्तियो ।

“प्रमिला सङ्ग “

“के भन्छे यो,को प ..प ..प्रमिला ….?”

“हजुर कि कान्छी साली प्रमिला नि , आमा बाबालाइ त त्यति टेर्नु हुन्न भाउजुलाइ भन्दिउँ दाई”

राजु क्षत्री ‘अपुरो ‘
माछापुच्छ्रे गापा लाहाचोक कास्की

 

Leave a Reply

Your email address will not be published.