लट्ठीका लागी प्रसिद्ध जिल्लामा लट्ठीनै उत्पादन हुन छाड्यो

चिसाङ शेर्पा-असोज ४ खोटाङ्ग, खुकुरीका लागी प्रसिद्ध जिल्ला भोजपुर भएजस्तै खोटाङ जिल्लालाई लट्ठीका लागी प्रसिद्ध भनेर चिनिने गरिन्छ तर ! जिल्लामा यतिबेला लट्ठी उत्पादन हुन्छ हुदैन भन्ने सबैको कौतुहलताको बिषय बन्दै गएकोे छ ।

घङगरु नामक बुट्यानबाट बनाईने लठ्ठी बिगत २५ बर्ष अघिदेखी उत्पादन तथा ब्यावसाय हुंदै आएपनि पछिल्लो समयमा हराएजस्तै भएको छ ।ghangaru

उद्यमीको  कमी,स्थानियस्तरका कच्चा पदार्थ अभाव लगायतका समस्या देखाउदै उद्योग बाणिज्य संघ र उद्यमीबिच मतभिन्नता भएको देख्नमा आएको छ ।

आफुले गरेको कामको मुल्याङकन नभएको,ब्यावसाय प्रती खासै  पारदर्शिता नहुनु र ब्याबसायीले लठ्ठी उत्पादन पेशामा चासो नदेखाउँदा पनि जिल्लामा लठ्ठी ब्यावसाय लोप भएजस्तै छ ।

२५ वर्ष अगाडीबाट मिलन चाम्लिङले सुरुवात गरेको उक्त  पेशालाई प्रशिक्षक भिम बिश्वकर्माले चलाउँदै आएको थियो । सदरमुकास्थित हाटडाँडामा आफ्नो ब्याबसाय भएकोे बताउने उद्यमी बिकले भने “ आफुलाई कसैले पनि सहयोग नगर्दा जिल्लाबाट यो पेशा नै लोप हुन लागेको छ ।

आफुले फिनिसिङ्ग गरी अन्र्तराष्ट्रिय प्रर्दशनीमा पुगेर आएको ७० हजारभन्दा बढि सामान बाणिज्य संघ सँग आफ्नो रोहवरमा हलेसीको हलेसी भिलेज होटलमा रहेको र ६ महिनायता बिक्री भए नभएको आफैलाई थाहा नभएको बिकको भनाई छ । stick

स्वीस सरकारको ठुलो भूमिकामा आफु यहाँसम्म आईपुग्दा बाणिज्यसंघले केही नगरेको गुनासो गरे भने जिल्ला बिकास समितीले उल्टै आफुहरु सम्म आईपुग्ने केन्द्रका चिठीपत्र समेत फोहोर फाल्ने डस्टविनमा फालिदिने गरेको बताए ।

०७१ बैशाख ४ देखी ८ सम्म राष्ट्रिय औधोगिक बस्तु तथा प्रबिधी प्रर्दशनी र उत्कृष्ट लघु घरेलु साना उधोगले सञ्चालन गरेको अन्तराष्ट्रिय प्रर्दशनीमा ७५ जिल्लामा खोटाङ्गलाई पहिलो बनाउनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनी बिस्तारै पछि हट्न लागेको छ ।

आफुहरुले सक्नेसम्म उद्यमीलाई सहयोग गरेको र आफ्नो परिवार तथा आफै पनि लौरो उत्पादन पेशामा सन्तुष्ट नभएकाले पनि यो स्थिती सिर्जना भएको खोटाङ्ग उद्योग बाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । अध्यक्ष लयालुका अनुसार हलेसीमा लठ्ठीको शोरुम खोलिदिएका छौ,उद्यमीले सहयोगी माग गरिरहेको र बैदेशिक रोजगारीमा सबै जाने हुनाले आवस्यक जनशक्ति पाउन नसक्दा उनीमा नैरास्यता भएको हो ।

हामी त अझै पनि प्रचारप्रसार गर्न तयार छौ” । जिल्लाको चिनारी सुरक्षित राख्न लट्ठी उत्पादनलाई पहिला देखी सबैले प्रोत्साहन दिनुपर्ने थियो । अहिले ईज्जतकै लागी भए पनि यो पेशा जिल्लामा आधुनिक तरिकाले पुनःसुचारु गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

घङगरु नामक बुट्यानबाट बनाउन सकिने लट्ठी उपहार तथा सम्झनाका लागी दिने प्रचलन छ । प्रतीगोटा न्युनतम १ हजारमा बिक्री हुने गरेको थियो । जिल्लाको उत्तरी गाविसहरुबाट कच्चा पदार्थहरु खरिद गरेर विभिन्न साईजमा निर्माण गरिने लट्ठीमा डाँफे,मंयुर,ढुकुर,सुंगाजस्ता पंक्षीहरुको चित्र कुद्ने चलन छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES