लण्डनको ग्रेनफेल टावरमा आगलागीमा, अहिले सम्म १२ जनाको मृत्यु

लन्डन १ असार-  लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या अहिले सम्म १२ पुगेको छ । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताईएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् ।

२४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ । रातको समय भएकोले आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको सुतिरहेका थिए । प्रधानमन्त्री टिरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताएपनि आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १८ जनाको अवस्था गम्भीर रहेको बताईएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *