लमजुङ कयाम्पसमा विद्यार्थीबिच झडप,१ प्रहरी सहित १३ विद्यार्थी घाईते

फागुन १६ लमजुङ्ग, लमजुङको सुन्दरबजार स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कयाम्पसमा विद्यार्थीबिच झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयूका विद्यार्थीबिच झडप भएको हो ।

आसन्न स्ववियू निर्वाचनका विषयमा विद्यार्थी संगठनबिच विवादमा झडप भएको हो । झडपमा नेपाल विद्यार्थी संगठनका १३ जना घाइते भएका छन् ।

घाइते मध्ये दिपेन्द्र रेग्मीको अवस्था गम्भिर रहेकोले उनलाई थप उपचारका लागि काठमाडौं टिचिङ अस्पताल पठाइएको छ । अन्य १२ जनाको स्थानीय कर्मदा अस्पतालमा उपचार भएको छ । १० जना विद्यार्थी सामान्य उपचारपछि फर्किएका छन् । दुई जना भने अस्पतालमै उपचाररत रहेको छन् ।

झडपमा इलाका प्रहरी कार्यालयका प्रमुख होमनाथ अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । विद्यार्थीलाई झगडा नगर्न र वार्तामा आउन आग्रह गर्ने क्रममा क्याम्पस बाहिरका कांग्रेस समर्थित केही व्यक्तिले आफू र लेखा प्रमुख रामजी खड्कामाथि हातपात गरेको क्याम्पस प्रमुख डा. अमगाइँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *