ललितपुर महानगरपालिकाको मेयर पदमा रोशन महर्जनले अब स्वतन्त्र उमेद्वारी दिने

बिबेक कार्की-काठमाडौ ७ बैशाख, ललितपुर महानगरपालिकाको मेयर पदमा रोशन महर्जनले अब स्वतन्त्र उमेद्वारी दिने भएका छन् । लामो समय सम्म रा.प्रा.पा को राजनीति गरेका महर्जनले रा.प्रा.पा जिल्ला कार्यालयमा मेयर पदको उमेद्वार बनि पाउँ भनि निवेदन दिएका थिए। तर रा.प्रा.पा जिल्ला कमिटीले उनले दिएको निवेदन दर्ता नै नगरी लुकाएको र रोशन महर्जनको निवेदन उपर कुनै पनि कारवाही नभएको देखिएको छ। उनी अब  आफुलाई रा.प्रा.पाले कुनै पनि स्थान नदिने देखेपछी स्वतन्त्र उमेद्वार बन्न खोजिरहेका छन्।  महर्जन भन्छन्  मलाई रा.प्रा.पाले छलकपट गर्यो, मैले लिखित रुपमा दिएको निवेदन लुकायो,पार्टीले मेरो स्वतन्त्रताको अधिकार हनन गर्यो त्यस कारण म स्वईच्छुक रुपमा,स्वतन्त्र रुपमा चुनावी मैदानमा उभिन्छु । उनले आफ्नो फेसबुकमा पनि लेखेका छन् -आदरणीय आमा,बुबा,दाजु,भाई तथा दिदि बहिनीहरु मलाई साथ् दिनुस म मेरो एजेण्डा अनुशार काम गर्छु, उनले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् ।

यस्तो छ रोशन महर्जनको एजेण्डा
मलाई ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित गर्नु पर्ने किन त ? किनकि यस महानगरपालिकाको लागि केहि गर्नु पर्ने कामहरुको सुची निम्न अनुसार मैले बनाएको छु।

सामाजिक सुरक्षा सम्बन्धि गर्नु पर्ने अत्यन्त जरुरि कामहरु:
– ललितपुर महानगरपालिकाका नागरिकहरुको लागि औषधि उपचारमा कुनै समस्या एवम बिलम्ब नहोस भन्नाको लागि मेडिकल ईन्स्योरेंसको व्यवस्था लागु गर्ने| (शुरुमै शुल्कको झन्झट नहुने गरि)
– महानगर भित्रको अनावस्यक महंगाई नियन्त्रणको लागि उचित कदम चालिने तथा अनुगमनको एउटा संयन्त्रको विकास गरिने।
– महानगरपालिका भित्रका सरकारी कार्यालयहरुको काम कारवाहीको उचित निगरानी राखी गुणस्तर युक्त सेवाको लागि उचित पहल गरिने।
– स्थानीय स्तरमा बाल-बालिका स्याहार केन्द्र स्थापना तथा भएकाको राम्रो व्यवस्थापनको गरिने।
– स्थानीय स्तरमा बृद्ध-बृद्धाहरुको उचित स्याहार गर्न बैज्ञानिक ढंगको स्याहार केन्द्रहरुको स्थापना तथा ब्यबस्थापन गरिने (बृद्ध-बृद्धालाई पैसा र सम्पति होइन, स्याहार चाहिन्छ)।
– स्वच्छ पिउने पानि को व्यबस्थाको लागि उचित कामहरु गरिने।
– ललितपुर महानगरपालिका भित्र भित्रिने यातायातका साधनहरुको उचित निरिक्षण गरि वातावरण प्रदुषित हुनबाट जोगाउने तथा प्रदुषण फैलाउने साधनहरुलाई तुरुन्तै कारवाही गरिने तथा मर्मत केन्द्र पठाइने| यदि अत्ति नै प्रदुषण फैलाउने भए उक्त यातायातका साधनलाई महानगरपालिका भित्र वर्जित गरिने।
– नयाँ स्थानीय पार्क, बगैँचा बनाउने तथा भएकाको राम्रो व्यवस्थापनको गरिने।
– महानगरभित्र आगलागी एवं अन्य दैवी प्रकोपको बेला प्रयोग गरिने दमकल तथा अग्नि नियन्त्रण गर्ने यन्त्र तथा साधनहरुको उचित विकास  र ब्यबस्थापन गरिने।
– दैवी प्रकोपको बेला सबैले सुरक्षितका साथ बस्न र खान व्यवस्था गर्न उचित सयन्त्रको बिकाश गरि सामुदायिक बास
-स्थानको ब्यबस्था गरिने।
– आफ्नो टोल/ठाउ आफै बनाउने गरि संयन्त्रको विकास गरिने र स्थानीयको सहभागिताको लागि उत्प्रेरित गरिने।
– उमेर समूह अनुसार शैक्षिक तथा सिप सम्बन्धी बैज्ञानिक ढंगबाट मुल्यांकन गरिने र सिप विकाश गरि, उचित रोजगारको सिर्जना गरिने।
– सिप सम्बन्धी प्रशिक्षण दिईनेछ, बिशेष गरि आर्थिक, सामाजिक, र शैक्षिक रुपबाट पछी परेका समुदाय वा महानगरपालिका बासीलाई प्राथमिकतामा राखिने।
– रोजगारिको लागि “रोजगार बोर्ड”को स्थापना गरिने छ जसमा बरिष्ठतमहरुलाई बेरोजगार हुनबाट जोगाई मानसिक क्षति हुनबाट जोगाईनेछ।
– ललितपुर महानगरपालिकाको हरेक सरकारी तथा स्थानीय निकायहरुमा उचित एवं प्रभावकारी सेवाको लागि कम्प्युटराइज्ड प्रबिधि लागू गरिने| यसको लागि केन्द्रीय सरकारी निकाय तथा मंत्रालयहरुसंग समन्वय गरिने।
औद्योगिक बिकाशको लागि गर्नु पर्ने अत्यन्त जरुरि कामहरु:
– व्यवस्थित औद्योगिक क्षेत्र र यसको सर्वांगिन विकासको लागि उचित पहल गरिने।
– ललितपुर महानगरपालिकालाई आर्थिक रुपमा सबल बनाउन व्यापार, व्यवसायको लागि उदाहरणीय शहर बनाउन सबैको सहभागितामा पहल गरिने।
– हस्तकलाको उद्योगको उचित बिकाश गर्न हस्तकला उद्योग क्षेत्रको स्थापनाको लागि आवस्यक अध्ययन गरिने।
– कृषि उद्योग सम्बन्धि: थोरै मात्रै बाँकी रहेको तर उब्जाउ भूमिमा उचित कृषिजन्य वस्तुको उत्पादनको लागि बिशेष पहल तथा नियम ल्याईने ।

सर-सफाई सम्बन्धि गर्नु पर्ने अत्यन्त जरुरि कामहरु:

– महानगरपालिकामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि विभिन्न स्थानमा उचित शौचालयको व्यवस्थापन गरिने।
– महानगरपालिकाको फोहरलाई उचित व्यवस्थापान गरिने (Re-cycle and Re-Use Principle)।
– स्वच्छ वातावरणको लागि महानगरपालिकामा सामुदायिक सहभागिताका लागि बिशेष पहल गरिने।
– ढल निकास एवं सर-सफाईको लागि क्रान्तिकारी सयन्त्रको निर्माण गर्ने र उचित ब्यबस्थापन गरिने।
– खोला नालाको उचित सरक्षण तथा ब्यबस्थापन गरि यसको सौन्दर्यतालाई बढाउन उचित कार्य योजनाको बिकाश गरि कार्यन्वयन गरिने।
– महानगरभित्र हरियाली क्षेत्रको बिकास गर्न आवस्यक अध्ययन गरि योजनाबद्ध तरिकाबाट अघि बढ्ने – महानगरभित्रका अब्यबस्थित लठ्ठाहरु र तारहरुको उचित ब्यबस्थापन गरिने।
– स्वच्छ हावामा स्वस्थ तरिकाबाट सास फेर्न योग्य हावाको लागि धुलो, मैलोको उचित ब्यबस्थापनको लागि नयाँ प्रबिधिको प्रयोग एवं व्यवस्थापन गरिने।

मौलिक कला-संस्कृति सम्बन्धि गर्नु पर्ने केहि अत्यन्त जरुरि कामहरु:

– पुरातात्त्विक महत्त्वका संरचनाहरुको पुनःनिर्माणलाई अति गति दिईने।
– महानगरपालिकाको मौलिक कला-संस्कृति जोगाउन र प्रवर्दन गर्न स्थानीय संघ संस्था तथा बिज्ञहरुको बिशेष संयन्त्र निर्माण गरि योजनाबद्ध तरिकाबाट बिबिध कार्यहरुलाई अघि बढाईने (डिजिटल रेकर्ड तथा पुस्तकालय)।
– महानगरको मौलिक भाषालाई महानगरपालिकाभित्रका स्थानीय कार्यालयहरु भित्र संवादको लागि प्रयोग गर्नको लागि आवस्यक कदम चालिने।
– महानगरको मौलिक भाषालाई जोगाउन र बिकाश गर्न स्थानीय तवरमा अन्तरक्रिया गरि आवस्यक पहल गरिने।
– विभिन्न जात-जातिका मौलिक कला-संस्कृति जोगाउन र अध्ययन गर्न “सांस्कृतिक महा बिद्यालय” को स्थापना एवं प्रबर्धन गरिने ताकी संस्कृति पनि जोगियोस र रोजगारीको पनि सिर्जना होस्।
– मठ, मन्दिर, बिहारहरुको सर-सफाईको लागि ब्यबस्थापन समितिसंग समन्वय गर्ने र आवस्यकता अनुसार आवधिक निरिक्षण गरिने।
– महानगर भित्र धार्मिक पर्यटनको लागि बिशेष पहल गरिने।
– महानगरको गहनाको रुपमा रहेको हस्तकलाको बिकाश, बिस्तार र प्रबर्धनको लागि हस्तकला मह-बिद्यालयको स्थापना गरि हस्तकलालाई आउने पुस्ताको लागि जोगाई राख्ने।
– हस्तकलालाई पर्यटन उद्योगको रुपमा बिकाश गरिने ।

शान्ति सुरक्षा सम्बन्धि गर्नु पर्ने महत्वपुर्ण कामहरु (जसले भोगेको छ उसलाई मात्रै थाहा हुन्छ पिडा):

-महानगरपालिकामा लागू पदार्थ दुर्व्यसनी र बेच-बिखन रोक्न स्थानीय तहबाट अघि बढ्ने।
– सुर्तीजन्य एवं मादक पदार्थबाट हुने र हुन सक्ने विभिन्न नकारात्मक प्रभावहरुको नियन्त्रन्को लागि उचित कदमहरु चालिने।
– स्थानीय तवरबाट सुरक्षा सयन्त्रको बिकाश गरिने – हरेक टोल-टोल, चोक चोकमा सुरक्षा-यन्त्रको जडान गरिने।
– महानगरपालिकाभित्रको शान्ति र सुरक्षा खलबलिन नदिन धर्ना र जुलुस गर्ने ठाऊँको निर्माण गरिने।

माथि उल्लेखित नै अन्तिम बुदाहरु होइनन| महानगरपालिका बासिन्दाहरुसंगा अन्तरक्रिया गरेर अन्य धेरै बुदाहरु थपिनेछन ताकी ललितपुर महानगरपालिका सबै बिद्यार्थी, ब्यबसायी, पर्यटक र अन्य सर्व-साधारणको लागि सपनाको नगरी होस् ।
स्वस्थ शरीर भित्र स्वस्थ दिमाग, स्वस्थ दिमागमा स्वच्छ र सकारात्मक सोचाई हुन्छ ।  युवा शक्ति नै देश बिकाशको लागि खम्बा हुन् ।  तसर्थ युवाहरुको स्वास्थ्य बिकाशको लागी “एक टोल एक व्यायामशाला” को अवधारणालाई योजना-बद्ध तरिकाबाट अघि बढाईनेछ
फिजिक्स रिसर्च ल्याब बनाउन आवस्यक अध्ययन र योजना बनाई कार्यान्वयन गरिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *