लियोनेल मेस्सीको विवाह दुई सन्तानकी आमा संग भोलि हुदै

एजेन्सी, १५ असार-जून २४ तारिखमा ३० वर्ष पुगेका फुटबल स्टार लियोनेल मेस्सी अब विवाह बन्धनमा बाँधिने भएका छन् । लियोनेल मेस्सीले जून ३० तारिखमा प्रेमिका एन्टानेला रोकुजोलाई गृहनगर अर्जेन्टिनास्थित रोसारियोमा विवाह गर्ने भएका छन् ।

यो त्यहि ठाउँ हो जहाँ मेस्सी हुर्किएका हुन् । मेस्सी विवाहपूर्व नै दुई सन्तानका पिता भइसकेका छन् । उनका दुई छोरा थियागो ४, र माटेयो २१ महिनाका छन् ।

यी दुई सन् २००८ देखि सँगै छन् । मेस्सीको विवाहको तयारीका लागि उनको गृहनगर सजाइएको छ । उनको विवाहमा इटालीका प्रधानमन्त्री, अर्जेन्टिना टिमका खेलाडी, बार्सिलोना टिमका खेलाडी पनि उपस्थित हुने बताइएको छ । उनको विवाहमा फुटबल स्टार लुईस सुआरेज, नेमार पनि समावेश हुनेछन् ।

Leave a Reply

Your email address will not be published.