लीलाको पोल्टामा सुन्दरादेवी सन्देश प्रोत्साहन म्युजिक अवार्ड

काठमाडौं,१ भदौ- लोकप्रिय मोडल लिला गिरी अभिनय यात्रामा सफलताको शिखर चढ्र्दै छिन् । सधै दर्शक र श्रोताको रोजाईमा पर्दै आएकी गिरीले अवार्ड जित्न समेत सफल भएकी छन् । मोफसलको ऐतिहासिक अवार्ड सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनले इन्करेजमेन्ट (प्रोत्साहन) अवार्ड जितेकी छन् ।

तिन वर्षदेखी अभिनय क्षेत्रमा सक्रिय उनले १५० भन्दा बढि लोक तथा आधुनिक गीतहरुमा अभिनय गरेकी छन् । सुर्खेतमा जन्मेर काठमाडौंलाई आफ्नो कर्म थलो बनाउँदै कलाकारिता यात्रालाई अघि बढाइरहेकी लिलाको संघर्ष र मेहनतको परिणाम स्वरुप अवार्ड जितेकी बताएकी छन् । उनले कलाकारितामा आउनका लागि धेरै नै दुःख, मेहनत र त्याग गरेकी लीलाले सानैदेखी कलाकार बन्ने सपना सजाएकि थिइन् ।

नेपालीमा एउटा उख्खान छ नि “कर्म गर फलको आश नगर” त्यहि लिलाको जीवनमा भएको छ । जीवनका विभिन्न आरोह अवरोहहरु पार गर्दै अघि बढेकी लिलाले सफलताको एक खुट्किला चढेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *