वाम एकतामा प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र दिनेश पन्थीको यस्तो छ आ-आफ्नो विचार

काठमाडौं १२ कातिक –नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अब वाम एकताबाट कोही पनि भाग्न नपाउने बताएका छन् । नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूलाठूला परीवर्तन भएकोले अव जनताको समृद्धिका लागि बाम एकता बाट कोही भाग्न नहुने उनले बताए ।

‘संघियगणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको सबैभन्दा बढी जनताका मौलिकहक भएको संविधान संविधान सभाबाट आउँदैनथ्यो,’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘चुनावमा बहुमत ल्याउनु एउटा साधन हो, साध्य निकालौँ जनताको समृद्धि ।’

उनले कम्युनिष्टहरु धेरै दिन सरकारमा बस्न नपाए पनि बसेको समयमा छाप रहनेगरी काम गरेकोले देशको समृद्धि कम्युनिष्टले मात्र ल्याउने बताए । उनले बाम तालमेलले प्रतिकृयाबादी बृत्तमा भूईँचालो गएकोले कम्युनिष्टहरुले अधिनायक बाद ल्याउने हौवा पिटाएको आरोप लगाए । ‘यो चिल आयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुत्र्याईँ, अरु कुनै बैचारीक प्रतिस्पर्धा गर्ने सामथ्र्य नभएपछि जनमत भड्काउने भारतसंग मिलेर अन्तराष्ट्रिय शक्ति भड्काउन सकिन्छकि भनेर गरीएको षड्यन्त्र हो ’ उनले भने ‘हतास मानसिकता र निभ्ने बेलाको बत्ति हो ।’

उनले मतपत्र फरक फरक भए पनि चुनाव हुन नदिनका लागि बदमासी गरीएको आरोप लगाए । ‘२ मतपत्रमा ४ फरक फरक खण्डछन, यस्ता बदमास प्रश्नहरुमा अल्झेर चुनाव भाँड्ने षड्यन्त्र हुँदै छ ।’ उनले भने । ज्ञवालीले हिँजोका भावनात्मक घाउहरु भएकोले त्यसलाई पुर्न जरुरी भएको पनि बताए ।

आर्थिक समृद्धि र सवल राष्ट्रकालागिबामएकता : गोकर्ण विष्ट

यसैगरी, नेकपा एमालेका सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यका लागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए ।

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरीव राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’

उनले देशमा सँधै सरकार गठन गर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्य भएपछि समृद्धिको दिशामा गतिलिने बताए । उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरीरहेको छ’उनले भने ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने काम ग¥यो भने परीणाम राम्रो हुने छैन ।’

पूँजीवादी क्रान्ति पूरा गर्न एकता : दिनेश पन्थी

यस्तै, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिकै लागि बाम गठबन्धन अपरीहार्य भएको बताएका छन् ।नयाँ जनवादी क्रान्तिका धेरै कार्यभार आफ्नै ढँगले पूरा हुँदै गएको र अहिले जनवादी क्रान्तिका कामहरु पूरा गर्न बाम एकता भएको उनले बताए । ‘अहिले किसान मजदुरको नेतृत्वमा जनवादी जनवादी व्यवस्था नआएपनि समाजवादी आन्दोलनबाट पूँजीवादी क्रान्ति पूरा गर्न यो एकता हो’ उनले भने ।

समाजमा अझै केही सामन्ती अवशेषहरु बाँकी रहेकोले त्यसलाई अन्त्य गर्दै हामी समाजवादमा जाने भन्ने कुराहरु दुईवटै पार्टीले महाधिवेशनबाट निर्णय गरेको हुनाले आधारभूत रुपमा त्यो दिशामा अगाडी बढ्न चुनावी एकतासंगै पार्टी एकता हुनुपर्ने उनले बताए ।

नेपालमा जति एकताको कुरा गर्दै गयो त्यति कम्युनिष्ट आन्दोलन विभाजन हुँदै गएको अवस्थामा एमाले ओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न ईमान्दारीता साथ नेता कार्यकर्ता अगाडी बढ्नुपर्ने बताए । ‘आशंकाहरुलाई अन्त्यगरी अगाडी बढौँ एकता हुन्छ’ उनले भने उनले भने ‘आर्थिक समृद्धिलाई अगाडी बढाउन दुई ठूला घटक र स सानालाई पनि एकठाउँमा बनाएर अगाडी बढाउनुपर्छ’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *