वायुसेवा निगम एयरबसको टायर पड्कियो

nepal-airlinesभदौ २८ काठमाडौं । मंगलबार पौने १ बजे भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयरबस ए-३२० (लुम्बिनी) उडान नम्बर आरए २०६ जहाजको टायर त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्ने क्रममा पड्किएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

यसअघि आइतबार मात्रै नयाँ दिल्लीमा निगमकै अर्को एयरबस ए-३२०(सगरमाथा)को पनि टायर पड्किएको थियो। उक्त विमान अझै नयाँ दिल्लीमै थन्किएको छ।

निगमसँग भएको यो दोस्रो जहाजमा पनि उस्तै घटना दोहोरिएपछि अब निगमका दुवै एयरबस थन्किएका छन्।
सबै यात्रीहरू जहाजबाट सकुशल बाहिर निकालिएको सुरक्षा कर्मचारीले बताएका छन्।

जहाज उडाउनेमा क्याप्टेन विजय लामाको टोली थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *