वावरिन्काले जिते यूएस ओपन

khelkudन्युयोर्कः वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको पुरुष एकलतर्फको उपाधि स्विट्जरल्यान्डका स्टान वावरिन्काले जितेका छन् । वावरिन्काले आइतबार राति भएको खेलमा साबिक विजेता नोभाक जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । सर्बियाका जोकोभिच विश्व वरीयताको पहिलो स्थानमा आसीन खेलाडी हुन् ।

विश्व वरीयताको तेस्रो स्थानमा रहेका ३१ वर्षीय वावरिन्काले यूएस ओपनको उपाधि जितेको यो पहिलो पटक हो । समग्रमा भने उनको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा वावारिन्काले जोकोभिचलाई ६–७ (१), ६–४, ७–५, ६–३ अंकले पराजित गरेका हुन् । फाइनल खेलपछि जोकोभिचले समेत वावरिन्काको प्रशंसा गरे । ‘उनी उत्कृष्ट खेलाडी हुन् । उनी मानसिक रूपमा समेत कडा प्रतिस्पर्धी हुन्’, जोकोभिचले भने ।

वावरिन्का यूएस ओपनको उपाधि जित्ने पछिल्लो ४६ वर्षयताकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । यसअघि सन् १९७० मा अस्टे«लियन खेलाडी केन रोसवालले ३५ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेका थिए ।

फाइनलको यात्रा तय गर्न जोकोभिचले मैदानमा नौ घन्टामात्रै खर्चिएका थिए भने वावरिन्काले त्यसको दोब्बर १८ घन्टा समय लगाएका थिए । अघिल्ला दुई चरणको खेलमा विपक्षी खेलाडीले चोटका कारण ‘वाक ओभर’ दिएपछि जोकोभिच सहजै अघि बढेका थिए ।

उपाधि जितेपछि निकै हर्षित देखिएका वावरिन्काले उपाधिसम्म पुग्न आफूले मैदानमा निकै मेहनत गरेको प्रतिक्रिया दिए । ‘इमानदारीपूर्वक भन्नुपर्दा मैदानमा मैले निकै मेहनत गरेँ र आफ्नो सबै क्षमता खर्चिएँ’, खेलपछि वावरिन्काले भने ।

फाइनल खेल चार घन्टासम्म चलेको थियो । वावरिन्काले जोकोभिचविरुद्ध पाएको १७ ब्रेक प्वाइन्टमध्ये १४ अवसरमा सफलता प्राप्त गरेका थिए । खेलको अन्त्यतिर जोकोभिचले मेडिकल सहयोगसमेत लिनु परेको थियो ।

यूएस ओपनको उपाधिसँगै वावरिन्काले जोकोभिचसँगको आफ्नो ‘हेड टु हेड’ नतिजामा समेत सुधार ल्याएका छन् । वावरिन्काले जोकोभिचविरुद्ध अहिलेसम्मको २४ प्रतिस्पर्धामध्ये पाँचमा जित हात पारेका छन् ।

वावरिन्काले थोरै भए पनि जोकोभिचविरुद्ध महŒवपूर्ण अवसरमा जित हात पारेका छन् । वावरिन्काले यसअघि सन् २०१४ को अस्टे«लियन ओपनको क्वार्टरफाइनल र सन् २०१५ को फ्रेन्च ओपनको फाइनलमा जोकोभिचलाई हराउँदै उपाधि कुम्ल्याएका थिए । महिला एकलतर्फको उपाधि भने जर्मन खेलाडी एन्जेलिक केर्बरले जितेकी थिइन् ।

 

साभार अन्नपुर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *