विद्यार्थीलाई डोजरले किचेपछि झडप

फागुन १२ बिराटनगर– विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत एक विद्यार्थीलाई डोजरले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि क्याम्पस आसपासमा तनाव भएको छ । विद्यर्थीलाई डोजेरले किचेपछि आक्रोशित भएका विद्यार्थी र प्रहरीबिच झडप भएपछि क्याम्पस क्षेत्र तनावग्रस्त भएको हो ।

सडक निर्माणको क्रममा रहेको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विराटनगरको जतुवाका रुपेश यादवलाई किचेर घाइते बनाएपछि तनाव भएको हो । विद्यार्थीले दुईवटा डोजरमा आगो लगाएका छन् भने एउटा ट्रिप्परमा तोडफोड गरेका छन् ।

कलेजबाट बाहिर निस्किएका विद्यार्थीलाई क्याम्पसको गेट नजिकै डोजरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका विद्यार्थीलाई डोजरले ब्याक गरेर मार्न खोजेको भन्दै विद्यार्थी थप आक्रोशित भएका हुन् ।

विद्यार्थीले, भागेर ड्राइभर लुकेको चिनारी होटलमा समेत तोडफोड गरेका छन् । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले घटना सामान्य भएपनि विद्यार्थीले अनावश्यक उचालेको आरोप लगाएको छ । १० बजेको घटना झण्डै २ घण्टा पछि नियन्त्रणमा आएपनि सो क्षेत्रमा अहिले ब्यापक प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *