विप्लव माओवादीको कार्यकर्ताले काठमाडौमा साझा बस जलायो

फागुन २८ काठमाडौ,कंचनपुर घटनाको बिरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव माओबादीको कार्यकर्ताले साझा यातायातमा आगजनी गरेको छ । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् ।

बा ४ ख ५६४८ नम्बरको साझा बसमा आगो लगाइएको छ । आगलागीबाट बसको भित्री भाग जलेर पुरै नष्ट भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेको हो । नयाँबसपार्क-एयरपोर्ट रुटमा चल्ने बसमा आगजनी गरेलगत्तै सो समूह फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *