विराटनगर जुट मिल्स फेरि सञ्चालनमा

विराटनगर १० मंसिर- मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल्स फेरि सञ्चालनमा आएको छ । नयाँ व्यबस्थापकले करिव ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । ०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द थियो । सञ्चालनमा आएको मिल्सबाट पहिलो चरणमा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिलमध्ये मध्ये पहिलो चरणमा उद्योग पुरानो मिल्सलाई सञ्चालनमा ल्याईएको छ । ३ करोडको लागतमा एउटा मिल सञ्चालन भएको छ । थप २ करोड पुँजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिलहरु पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालक समितिले जानकारीव दिएका छन् ।

आइतबारवाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन जुट उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार मिल्सले नयाँ व्यवस्थापन पाएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES