वीरगञ्ज आगलागीको घाईतेहरुलाई उपचारको निम्ति काठमाडौ ल्याईयो

पर्सा, पुस ५ – वीरगञ्जको सुपर ग्यास उधोगमा आगो निभाउन जाँदा जलेर घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

वीरगञ्ज वारुणयन्त्रका कर्मचारी (फायरम्यान) भोजपुर जिल्ला घर भई वीरगंज महानगरपालिकामा कार्यरत सञ्जीव नेपाल र अर्का वीरगंज महानगरपालिका–१६ का अरुण महतोलाई हेलिकप्टर मार्फत पौने ११ बजे काठमाडौं लगिएको हो ।

उहाँहरुलाई वीरगंजको हेल्थ केयर अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले काठमाडौं रिफर गरेको होे । दुवैजनाको अवस्था चिन्ताजनक रहेको हेल्थकेयर अस्पतालले जनाएको छ ।

कम्पनीका कर्मचारी बाराको प्रसौनीका अमिका राउत कुर्मको भने हेल्थ केयर अस्पतालमै उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *