वीर,ट्रमा र स्वास्थ्य विभागमा गंभिर कार्टेलिङ

काठमाडौं ९ बैशाख,
नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज वस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भष्टाचार मौलाउँदा पनि वर्तमान स्वस्थ्य मन्त्रि गगन थापा चुप बस्नुले मन्त्रि स्वयमको त्यसमा समर्थन छ कि भन्ने प्रश्न गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलन मार्फत सो प्रश्न गरेको छ ।

अध्यक्ष बस्नेतले नेपाली स्वास्थ्य क्षेत्रमा अनियमितता र भ्रष्टाचारले जरो गाडेको र त्यसमा उपल्ला नियकायले नै वैधानिक रुपबाटै त्यसलाई समर्थन गर्दै आएको आरोप लगाएका छन् । विगतमा फरक तरिकाले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने गरे पनि आजभोलि विभिन्न बाहानामा ठूलो रकम सजिलै विचलन गर्ने गरेको आरोप लगएको छन् । आवाश्यकता भन्दा अनावस्यक सामाग्रिको खरिद बिक्रि गर्ने व्यवस्था मिलाउनुले त्यो पुष्टिभएको पनि बताएको छ । सामाग्रि खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लगानि भई रहेको छ ।’ भरखरै मात्र विर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको बाताएको छ । विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चासो दिएका छैनन् ।’

विविध समस्याहरुबारे राज्यमन्त्रि लगायत सारोकारवाला पक्षहरुसंग छलफल गर्दा पनि कोहि कसैले पनि त्यसमा चासो नदिनु र मन्त्रि गगन थापाले पनि वेवास्ता गर्नुले आफूहरु निकै निराश भएर पत्रकार सम्मेलन गर्नु परेको बताए । बस्नेतले भने,‘मन्त्रि गगन थापा एक लोकप्रिय मन्त्रि हुनुन्छ तर उहाँले जनस्वास्थ्य जस्तो निकै संवेदनशील बिषयका कुरा लिएर जाँदा भेट पनि दिनु हुन्न, अनी हामीले कसलाई गुनासो गर्ने ।’

अहिले सरकारले जनतालाई भन्दा माफियालाई फाईदा हुने किसिमको खरिद ऐन ल्याएको प्रति आपत्ति जनाउँदै भनेका छन्,‘यो नीनि व्युरोक्रेसी र माफियाहरुलाई फाईदा गर्ने र जनस्वास्थलाई पूर्णरुपले अस्तव्यस्त पर्ने किसिमको छ, जसलाई तत्काल सच्याउन सरकारसंग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *