व्याकुल माइला गोल्डकप चैत २५ गतेदेखि

चैत्र ३ ओखलढुंगा, व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही चैत २५ गतेदेखि हुने भएको छ । दुधकोशीको भेलाले खेलमैदान लाई क्षति पुर्‍याए पछि खेल मैदान पश्चात प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा गोल्डकप उनको जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ । दूधकौशिका प्रावि, नयाँ नेपाल सरोकार समाज, हिलेपानी फुटबल क्लबलगायत अन्य संघसंस्थाको आयोजनामा प्रतियोगिता हुदै आएको छ ।

प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायत जिल्लाबाट प्रतियोगितामा सगभागी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *