शहिद गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघले आर्थिक सहयोग गर्‍यो

चैत्र ५ काठमाडौ,नेपाल चलचित्र निर्माता संघले शहिद गोबिन्द गौतमको परिवारलाई भेटेर सहयोग गरेको छ । भारतीय सिमा सुरक्षाबल एसएसबीको गोलि लागि मृत्यु भएका शहिद गोबिन्द गौतमको परिवारको घरमै पुगेर चलचित्र निर्माता संघले २५ हजार ६ सय रुपैया सहयोग गरेको हो ।gobinda gautam

मृतक गोबिन्द गौतमको घरमा बुबा-आमा,श्रीमती,३ छोरी (९ वर्ष, ७ वर्ष र २ वर्ष) २ दाजु-भाई र १ बहिनी रहेका छन् । निर्माताहरु संगको भेटमा शहिद गौतमकी आमाले भनिन् “आजसम्म कुनै पनि सरकारी निकायका उच्च स्तरिय नेताहरु कोहि पनि नआएकोले दुःख लागेको छ” । चलचित्र निर्माताहरु संगको भेटमा “सरकारले छोराको शालिक बनाइदिनुपर्ने,गाउँको नाम गोबिन्दनगर राखिदिनुपर्ने,शहिदकी श्रीमतीलाई जागीर दिनुपर्ने, बच्चाहरुलाई पढाइदिनुपर्ने मागहरु राखिन् । चलचित्र निर्माताहरु भेट्न आएकोमा खुशी हुदै भनिन् “छोरा गुमाएकोमा दुःखी भएता पनि तपाईंहरु जस्ता धेरै छोरा पाएकोमा बाँच्ने चाहाना जागेको शहिद गोबिन्दकी आमाले बताईन् ।

निर्माता संघकोले तत्काल २५ हजार ६ सय रुपैयाँ आकस्मिक सहयोग गरेको छ भने शहिद गोविन्दका बच्चाहरु लागि राज्यले शिक्षाको जिम्मा नलिए सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता संघ नेपालले लिने प्रतिवद्धता जनाएको छ ।nirmata sangh

शहिद परिवारका मागहरु जायज भएका कारण राज्यका तर्फबाट तुरुन्त सम्बोधन गर्नुपर्ने र भारतिय पक्षले यो घटनाको लागि माफि माग्दै क्षतिपूर्तिको व्यवस्था गरिदियोस् र सिमानामा पर्खाल लगाईयोस भन्ने नेपाल चलचित्र निर्माता संघले जोडदार माग गरेको छ ।

चलचित्र निर्माता संघ नेपालका तर्फ बाट अध्यक्ष नवल खड्का, महासचिव बिमल पौडेल, सचिब मनोज श्रेष्ठ, सदस्य मुनाल घिमिरे ,सदस्य विरेन्द्र सिं, निर्माता डा.अमित विस्वास, कलाकार निर्देशक श्रीराम पुडासैनी, कलाकार राजकुमार जोशी लगायतका टोलि शहिद गोविन्दको परिवार भेट्न कञ्चनपुरको पुनर्वास पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *