शान्तिराज राई प्रदेश नं १ को मुख्यमन्त्री दाबेदार

काठमाडौ – आगामी मङ्सिर १० र २१ मा हुन गईरहेको प्रदेश र केन्द्रको चुनावको लागि किरात खम्बुवान लोकतान्त्रिक पार्टिको तर्फबाट प्रदेश नं १ को लागि मुख्यमन्त्रीमा शान्तिराज राईले उम्मेदवारी दिने भएका छन् ।

माओवादी केन्द्रको विद्यार्थी जिल्ला अध्यक्ष, पार्टी जिल्ला सदस्य (YCL ) वाई सी एल सह इन्चार्ज , किरात मञ्चको संस्थापक कोषाध्यक्ष हुँदै किरात पार्टीको अध्यक्ष अनि किरात पार्टी र किरात खम्बुवान लोकतान्त्रिक पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिसकेका शान्तिराज राई हाल किरात खम्बुवान लोकतान्त्रिक पार्टि,संघिय खम्बुवान लोकतान्त्रिक पार्टि र सामाजिक लोकतान्त्रिक पार्टि बीच पार्टि एकता भएपछी पार्टिको नाम सामाजिक लोकतान्त्रिक पार्टि राखेर, उनि पार्टिका प्रबक्ता रहेका छन् ।

पार्टी प्रबक्ता शान्तिराज राईलाई प्रदेश नं १ को मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय संगै उहाँले भोजपुर क्षेत्र नं २ बाट प्रदेश सभाको प्रत्यक्ष चुनाब लड्ने लड्ने बताईएको छ । भोजपुर क्षेत्र नं २ मा सामाजिक लोकतान्त्रिक पार्टिका नेता शान्तिराज राईको टक्कर शेरधन राई संग पर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *