संघिय समाजबादीका अध्यक्ष, युरोप भ्रमणमा जादै

असोज ६ काठमाडौ, संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन साता लामो युरोप यात्राका लागि बिहिबार साँझ बेलायत जाने भएका छन्। upendra yadab

फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले पार्टीको कार्यक्रममा सहभागी हुन युरोप जान लागेका यादव असोज २५ गते स्वदेश फर्कने छन्।

बेलायतमा कार्यक्रम सकेर यादव बेल्जियम र पोर्चुगलमा जाने कार्यक्रम रहेको यादवले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि संविधान संशोधन गर्ने चर्चा भए पनि अहिलेसम्म दलहरूले यो विषयमा औपचारिक छलफल गरेका छैनन्।

आन्दोलनरत संघीय गठबन्धनका संयोजक,उपेन्द्र यादव लामो विदेश यात्राका लागी निस्कन लागेका हुन्।

Leave a Reply

Your email address will not be published.