संघिय समाजवादी पार्टी र संघिय लिम्बुवान पार्टी एकता

काठमाडौ १ जेठ- पहिचानवादी पार्टीहरु संघिय समाजवादी पार्टी नेपाल र संघिय लिम्बुवान पार्टी नेपाल विच  औपचारिक रुपमा पार्टी एकता भएको छ । संघिय समाजवादी पार्टीको केन्द्रिय कार्यालय तीनकुनेमा एक कार्यक्रम गरि पार्टी एकताको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा प्रेस विज्ञप्ति जारी गरी संघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,वरिष्ठ नेता अशोक राई र संघिय लिम्बुवान पार्टीका अध्यक्ष खगेन्द्र माखिमले हात मिलाएर पार्टी एकताको भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा संघिय समाजवादीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्ष रकम चेम्जोङ्ग,उपाध्यक्ष हेमराज राई लगायत पार्टीका अन्य नेताहरुको उपस्थिति थियो भने संघिय लिम्बुवान पार्टी नेपालको तर्फबाट अध्यक्ष खगेन्द्र माखिम, दिपक मेन्याङ्बो,सरस्वति सिंगक,बांगई धिमाल, भक्त खेबांग,प्रेमदिप थाम्सुहाङ्ग,डिबी आङ्गबुङ्ग, शिवकुमार पाङ्गेनहाङ्ग,लाहांग चेम्जोङ्ग,विवस हेल्लोक,सेमिमा तुम्बाहाम्फे,गङ्गा राई सेर्मा लगायत अन्यको उपस्थिति रहेको थियो ।

पार्टी एकिकरणमा हेमराज राईले प्रेस विज्ञप्ति यसरि वाचन गर्नु भएको थियो, हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *