संघीयता खारेज गर्ने मुद्दामा रविन्द्र मिश्रलाई कमल थापाको साथ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेजीको एजेण्डामा जनमत बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका छन्।

सोमबार विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता र खारेजी र धर्मविरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि थापाले त्यसलाई ‘सकारात्मक’ भनेका छन्।

विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ।

‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन्। राप्रपाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ।

यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ। गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ।

विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह  गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *