संघीय समाजवादी फोरम नेपाल र मधेस तराई फोरमबीच पार्टी एकीकरण

काठमाडौ २७ भदौ- संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेस तराई फोरमबीच पार्टी एकीकरण भएको छ । पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै एकीकरण घोषणा गरिएको फोरम नेपाल र मधेस तराई फोरम दुबैले बताएका छन् ।

राष्ट्रिय तथा मधेसका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेस आन्दोलनसम्म अमर यादव फोरम नेपालमा केन्द्रीय कोषाध्यक्ष रहेका अमर २०६७ सालमा उनले मधेस तराई फोरम गठन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *