सगरमाथाको कठ्याङ्ग्रिने ठण्डीमा कसे एक जोडीले लगन गाठो

काठमाडौं २५ वैशाख,सबै दम्पतीहरू आफ्नो विवाह समारोह भव्य होस् भन्ने चाहन्छन् तर यहाँ कुरा गर्न लागिएको दम्पतीले त अरूको भन्दा नितान्त बेग्लै काम गरेको छ । अमेरिकाको क्यालिफोर्नियाका जेम्स सिसोम र एश्ले स्माइडरले विश्वको सर्वोच्च शिखर सरगरमाथामा लगनगाँठो कसेका छन् । Everest5
रोमाञ्चकता मन पराउने यो जोडीले सगरमाथा पुग्नका लागि एक वर्षदेखि योजना बुनिरहेका थिए । चिसोले जम्ने अवस्था, अप्ठ्यारो ठाउँ र उचाइँले गराउने बिरामीलाई झेल्दै उनीहरू आधारशिविर पुगेर बिहे गर्न सफल भएका थिए । Everest1
एश्लेले भनिन्, ‘धेरै सोचेपछि हामीले परम्परागत विवाह ठीक नहुने निष्कर्ष निकाल्यौं । आफ्नो विशेष दिनमा हामीहरूले अविश्वसनीय छुट्टी मनाउने विचारलाई कार्यान्वयन ग–यौं । हामी दुवैजना बाहिर घुम्न मन पराउँछौं अनि १४ हजार फीटको उचाइँमा पुगेको अनुभव हामीसँग थियो । तर सगरमाथाको आधारशिविरसम्मको तीन हप्ते ट्रेक त हामीले अहिलेसम्म अनुभव गरेकोमध्ये सबभन्दा बढी श्रम परेको यात्रा हो ।’Everest2

विवाह समारोह परम्पराबाहिरको भएपनि उक्त अवसरमा दम्पतीले परम्परागत लुगा लगाएका थिए । एश्लेले चिपिक्क टाँसिने गाउन लगाएकी थिइन् भने जेम्सले दामी सुट लगाएका थिए ।

Everest4
द डेली मेल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *