सचिव सरुवा स्वभाविक प्रक्रिया हो, निर्वाचनमा कुनै असर पर्दैन् : प्रमुख निर्वाचन आयुक्त डा.यादव

काठमाडौं, ९ असार- प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहकोनिर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताएका हुन् । उनले भने,‘सचिवको सरुवाले निर्वाचन सम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अडचन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामीचुस्त, दुरुस्तका साथ अघि बढेका छौं, निर्वाचन आयोगले प्रणालीले चलेको संस्थाहो, कर्मचारीको सरुवाले केही फरक पर्दैन्।’

क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले आयोगका सचिवको सरुवालाई आफूहरुले सहज रुपमा लिएको समेत स्पष्ट पारे । उनले भने,‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ, तर यही असार १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन, आयोगले यसलाई सहज रुपमालिएको छ, यो एउटा स्वभाविक प्रक्रिया हो, त्यहीअनुसार सरुवा भएको हो, मैले ०६३ सालदेखि अहिले सम्म आयोगमा १३ वटा सचिवहरुको सरुवा भोगेको छु, त्यसैले यो निर्वाचन ऐतिहाँसिक रुपमा सफल हुन्छ, कर्मचारीको सरुवाले निर्वाचनलाई कुनै किसिमको प्रभाव पार्दैन्।’

यादवले भने,‘मिडियामा सचिव सरुवाका विषयमा आयोग प्रति विभिन्न टिकाटिप्पणी आए तर आयोगले सचिवको सरुवागर्ने होइन,’उनले भने,‘नेपाल सरकारले निर्णय लिएर सरुवा गरेको छ यसलाई म स्वभाविक रुपमा लिन्छु।’

प्रमुख निर्वाचन आयुक्तले यही असार १४ गते हुने स्थानीयतहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको उल्लेख गर्दै निर्वाचनमा उत्साह पूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुलाई आग्रह समेत गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, आम मतदाताहरुलाई म विनम्र अनुरोध के गर्न चाहन्छु भने निर्भिकतापूर्वक मतदान गर्नुहोस्, एक दिन राष्ट्रको लागिदिनुहोस्, हुन त मतदानगर्ने दिनलाई हामीले एक दिन राष्ट्रलाई दिनुहोस् भनेर अभियान नै चलाएका छौं।’

यादवले दोस्रो चरणको निर्वाचन अन्र्तगर्त असार १४ गते हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ कुल मतदाता रहेको बताउँदै उक्तनिर्वाचनको लागिकुल ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेको पनि जानकारी दिए । पहिलो चरणको निर्वाचन भन्दा दोस्रो चरणको निर्वाचन धेरै स्थानमा भएकोले त्यहीअनुसार जनशक्ति पनि बढि नै खटाईएको उनको भनाई थियो ।

उनले ३० जना मात्रै मतदाता रहेको क्षेत्रमा पनि आयोगले मतदान केन्द्र राखेको उल्लेख गर्दै भने,‘बाजुरामा जम्मा ३० जनामात्रै मतदाताहरु छन्, हामीले मतदान केन्द्रको राम्रो व्यवस्था गरेका छौं, त्यस्तै ताप्लेजुङमा पनि जम्मा ४० जना मतदाताहरु छन्, त्यहाँ पनि हामीले मतदान केन्द्र राखेका छौं।’

उनका अनुसार असार ४ गते देशभर शान्तिपूर्ण र उत्साह जनक तवरले उम्मेद्धवारी मनोनयन दर्ता भएको जानकारी दिँदै भने,‘देशभरि नै उत्साहजनक रुपमा उम्मेद्धवारी मनोनयन दर्ता भएको छ, यो सफलताको शुभसंकेत हो, मलाई विश्वास छ असार १४ गते हुने निर्वाचनपनि शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न हुन्छ।’

प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचनमा दलहरुले पनि अत्यन्तै राम्रो उदाहरण प्रस्तुत गरेको स्पष्ट पारे । उनले भने,‘सबै राजनीतिक दलहरुले यो पटक अत्यन्तै राम्रो संयमता देखाउनु भयो, र सुझबुझपूर्ण कार्य गर्नुभएको छ, यसको लागि म उहाँहरुलाई भित्रैबाट धन्यवाद दिन चाहन्छु।’

त्यस्तै उनले यो पटक मतदाता शिक्षा कार्यक्रमलाई पहिलो चरणको भन्दा पनि व्यापक रुपमा जनस्तरमा पुर्याईएको दाबी गरे । यादवले भने,‘मतदाता शिक्षा कार्यक्रमको व्यवस्था अत्यन्तै राम्रो ढंगले जनस्तरमा पुर्याईएको छ, पहिलो चरणको निर्वाचनबाट पनि हामीले सिकेका छौं, पोष्टर, पर्चा, पाम्प्लेट लगायतका सामाग्रीहरुबाट हामीले मतदाता शिक्षा गाउँगाउँमा पुर्याएका छौं।’

यादवले यहीअसार ११, १२ र १३ गते मतदाता परिचय पत्र वितरण कार्यक्रम रहेकोले सोही दिनमा पनि स्वयम सेवक तथा दलका कार्यकर्ताहरुबाट मतदाता शिक्षा सिकाईने जानकारी दिए । उनले मतदाता शिक्षालाई सशक्त रुपमाअघि बढाइएको बताउँदै यसको लागि प्रिन्ट मिडिया, ईलेक्ट्रोनिक मिडिया पनि व्यापकप्रचार तथा प्रसार गरिएको जनाए ।

यादवले यो पटकको निर्वाचनमा पहिलो चरणको भन्दा पनि बढि मत खस्ने आफूहरुले विश्वास लिएको बताए । उनले भने,‘पहिलो चरणमा ७४ प्रतिशतमत खसेको थियो, दोस्रो चरणमा त्यो भन्दा पनि बढि मत खस्छ।’

उनले प्रत्येक निर्वाचन केन्द्रमा आयोगका कर्मचारीहरु पुगिसकेको समेत जनाए । यादवले भने,‘प्रत्येक मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेका छन्, उहाँहरु मतपत्र, मसी, स्ट्याम्प लिएर सेक्युरिटी मेटरियल लिएर मतदान केन्द्रमा पुग्नुभएको छ।’उनले कतिपय निर्वाचन क्षेत्र विकट, हिमाली र उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले आयोगले कर्मचारीहरु अघि नै खटाईसकेको बताए ।

त्यस्तै यादवले यो पटकको निर्वाचनको मतपरिणाम छिटो भन्दा छिटो सार्वजनिक गर्नको लागि व्यवस्थापन गरिएको समेत जानकारी दिए । प्रमुखनिर्वाच आयुक्त यादवले चुनाव भनेको दलीय प्रतिष्पर्धा भएकोले यसमा निर्वाचन आचार संहिता उल्लंघन नहोस भनेर आयोगले कडाईका साथ आचार संहिता पालना भएन भएको बारे बुझ्न अनुगमन टोली समेत खटाईरहेको बताए । उनले भने,‘आचार संहिताको परिधिभित्र रहेर खर्च गरेको छ कि छैन भनेर हामीले अनुगमन गरिरहेका छौं।’ उनले निर्वाचन आचार संहिता कडाईका साथ लागु गर्नको लागि प्रत्येक जिल्लामा सह–सचिवको नेतृत्वमाअनुगमन टोली खटाईएको पनि जानकारी दिए ।

त्यस्तै आयोगले निर्वाचन आचार संहिता अनुगमनको लागि सुक्ष्म अनुगमन टोली समेत खटाएको जनाए । उनले भने,‘हामीले सुक्ष्म रुपमा अनुगमन टोली पनि खटाएका छौं, त्यस्तै मिडियाले पनि यस बारेमा चनाखो भएर काम गरिरहनुभएको छ, निर्वाचन आचारसंहिता उल्लंघन भएको थाहा पाए आयोगले कडाइका साथ कारवाही समेत गर्छ।’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई खटाईरहेको उल्लेख गर्दै भने,‘सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई डिप्लोए गरेको छ, निर्वाचन शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गराउनकै लागि गृहमन्त्री जनार्दन शर्माज्यूको नेतृत्वमा सुरक्षा निकायको गोष्ठीहरु समेत बसेका छन्।’

यद्धपी उनले निर्वाचनको विरोधमा भएका केही पोलिटिकल थ्रेटलाई मध्येनजर गरेर सुरक्षा निकायले त्यस्ता निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा समेत लिएको जानकारी दिए । उनले भने,‘जनताको मतप्रयोग गर्ने अधिकारलाई अवरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।’

उनले दोस्रो चरणको निर्वाचनमा उम्मेद्धवारी दर्ता गराउने क्रममा बाजुरा जिल्लामा दुई दलका कार्यकर्ता बीच भएको झडपमा एकजनाको निधन भएको घट्नाबाहेक अन्यत्र सहज रुपमा उम्मेद्धवारी दर्ता कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै भने,‘२० वर्षपछि निर्वाचन भैरहेको छ, यो एउटा ऐतिहाँसिक कुरा हो, निर्वाचन अभुतपूर्व ईतिहाँस हो, अहिले मतदानको समय हो, सबैले राष्ट्रको लागि एक दिन समय निकाल्नुहोस्, र निर्वाचनमा सहभागीभएर मतहाल्नुहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *