सञ्चार जगतको महत्पुर्ण भुमीका काँग्रेसका नेता : कण्डेल

नवलपरासी  असोज । नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपालमा सञ्चार जगतको महत्पूर्ण भुमीका रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले हरेक ऐतिहासीक परिवर्तनको अवस्थामा नेपाली पत्रकार र नेपाली पत्रकारीताको महत्वपुर्ण योगदान गरेको चर्चा गर्नुभयो ।

नवलपरासीको भुजहवामा त्रिबेणी सञ्चार मञ्च , न्युज एट नेपाल डट कम अनलाईन , अनलाईन जनता र चर्चा अनलाईनले संयुक्त रुपमा आयोजना गरेका बडा दशै शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै नेता कण्डेलले यस्तो बिचार राख्नुभएको हो ।

सो अवसरमा बोल्दै नेता कण्डेलले जनआन्दोलन देखी अहिले स्थानीय तहको निर्वाचनमा नेपाली मिडीयाले खेलेको भुमीकाको प्रशन्शा ब्यक्त गर्दै कण्डेलले आगामी दिनमा आउदै गरेको प्रदेश र प्रतिनिधी सभाका निर्वाचनमा पनि नेपाली पत्रकारीताको महत्वपुर्ण भुमीका हुनुपर्ने बिचार राख्नुभयो ।

कण्डेलले सिमा क्षेत्रमा देखिएको बिभिन्न समस्या कुटनितिक पहलबाट समस्या समाधान गर्नुपर्ने शुझाब दिदै यसका लागी आफुले पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सोही अवसरमा पत्रकार पुरुषोत्तम सुबेदीलाई सम्मान गरिएको थियो । समाजीक रुपान्तरणकालागी पत्रकारीता मार्फत पु¥याएको योगदानको उच्च मुल्याकंन गर्दै त्रिबेणी सञ्चार मञ्च र अनलाईन जनताले सम्मान गरेका थियो ।

सो अवसरमा कण्डेलले पत्रकार सुबेदीलाई टिका , दोसल्ला तथा सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो । अनलाईन जनताका प्रकाशक एवंम् प्रधान सम्पादक बृजराज कुशहवाको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्मानीत पत्रकार एवंम् पत्रकार महासंघका नवनिर्वार्चित केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी , पत्रकार महासंघ नवलपरासीका कार्य समिती सदस्य हुसैन अन्सारी , डट कम अनलाईनका समाचार प्रमुख रवीन शर्मा चापागाई , मधेशी पत्रकार समाजका केन्द्रिय सदस्य देशबन्धु यादव , पत्रकार उमागिरी , प्रकाश न्यौपानले लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो ।

नवलपरासी- असोज । नेपाल पुर्व प्रहरी संगठन नवलपरासीको आयोजनामा पुर्वप्रहरीहरुलाई सम्मान तथा नजिकैदै गरेको बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र बहादुर गुप्ता तथा विशेष अतिथीमा नगर उपप्रमुख रम्भा कुवर रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै गुप्ताले पुर्वप्रहरीहरुलाई प्रहरी देश राष्ट्को लागी सदैब निष्ठा कर्तव्य साथमा लागी पर्ने हुदा बर्दी लगाउदा मात्र देश र समाजको कर्तव्य नभई विना बर्दी पनि उत्तिकै रहने बताउनु भयो ।

सो अवसरमा नगर उपप्रमुख रम्भा कुवर , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी , पुर्व अध्यक्ष टिकाराम गैरे, पत्रकार मोहन पौडेल, अभिषेक राव विनय बस्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सद्दाम हुसेन ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *