सडक रेखालुुका कुरा ‘बाटो बनाउन थालेको एघार बर्ष भयो, ४ बर्ष ३ महिनाको तलब नपाएको गुनासो

चिसाङ शेर्पा / खोटाङ ०३ भदौ
हातमा खुकुरी खुट्टामा बुट, हाफ पाईन्ट र मैलासरीको टिसर्टमा रुपाकोट मझुवागढी नगरपालिका नुनथला – १३ स्थित महुरे घुम्तीको हिलाम्मे सडकमा बाटो बनाउँदै थिए हर्कराज तामाङ उर्फ ‘मटक’ । विहानदेखी साँझसम्म मध्यपहाडी लोकमार्ग अन्तरगतको अर्खौले–दिक्तmेल सडक खण्डमा दैनिक भेटिने सडक रेखालु ब्यतिm हुन् मटक । साविकको नुनथला – ९ का मटकसंग हामी कुरा गर्दै हिलाम्मे कच्ची सडकमा हिडीरहंदा उनी दौडिएर सडकको छेउतिर गए, काँडाहरु काट्न थाले अनि अलिक अफ्ठ्यारो गर्दै २० केजी जतिका ढुङगा उचालेर सडकको छेउमा मिलाउँदै ठूला–ठूला स्वरमा उनले सुनाए ‘सडक बनाउन थालेको एघार बर्ष भयो’ हातमा हात बर्जादै धुलो झारी नजिक आएर ‘सर नेताको कुरा आउँछ, हामीजस्ताको कुरा कसले पत्रिकामा छाप्छन् र ? पत्रिकामा छापिए सबैले देख्ने थियो नि ?’ । उनीलाई आफ्नो कुरा पत्रिकामा छपाउन ठूलो रहर भएको भन्न भ्याए ।

सडक बनाएर नै मर्छु भनि जिकीर गर्ने ५६ वर्षिय मटकको शरीर बुढो भएपनि सडक बनाउँन छोडेका छैनन् । बस, ट्याक्टरजस्ता सवारी साधनले खाल्डाखुल्डी बनाएका सडक बनाउने शिलशिलामा उनले धेरैलाई सहयोग गरेका रहेछन् । सडकमा गुड्ने गाडीका चालकदेखी बाईकमा हुईकनेसम्म उनलाई हात हल्लाउँदै थिए । उनलाई सबैले ‘मटक’ नामले चिन्ने गरे पनि कतिपयले ‘रोड डाक्टर’ भन्ने गरेको समेत उनले सुनाए । सडक रेखालु नामले चिनिने उनले कतीपय कामको दामसमेत पाएका रहेनछ । कामको दाम नपाउँदा दुःख पोख्दै स्थानीय चुनावसंगै देशले नयाँ जनप्रतिनिधी पाएका र आफ्ना कुराहरु जनप्रतिनिधीको माध्यमबाट पुरा गराउन सम्बन्धित निकायसम्म पहल गर्ने उनले बताए ।

मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तmेल सडक खण्डमा २०६३ पौष १४ देखी आफै सडकमा सामान्य हेरालुका काम गर्न सुरु गरेका उनलाई त्यही कामले साँच्चिकै सडक रेखालुु बनाईदियो । ड्राईभर र यातायात व्यावसायीले सम्बन्धित निकायसम्म उनको कुरा पु¥र्याएपछि उनलाई जिल्ला (विकास) समन्वय समितीले कानुनी रुपमा ०६३ माघमा सडक हेरालुको नियुतिm पत्र दिएको हो । नियुतिm पत्रमा मासिक ८ हजार दिने सम्झौता भएको थियो । कामको प्रगती अनुसार मटकको ०६९ सालमा तलब बढेर मासिक १० हजार पुग्दा उनले १० महिनाको मात्र तलब पाएका छन् । बाँकी ४ बर्ष ७ महिनाको तलब तथा कुनै सेवा सुविधा नपाएको उनले दुःख पोखे ।

जिल्ला (विकास) समन्वय समितीले ०६९ फागुनयता बेतलबी सडक मर्मत गरिरहेका उनलाई तलब भुतmानी गराईदिनका लागि ०७० चैत्र १४ मा खोटाङका स्थानीय विकास अधिकारी युवाराज अधिकारी, ०७१ भदौ २३ मा निमित्त स्थानीय विकास अधिकारी रविकिरण आचार्य र ०७२ असार २६ मा स्थानीय विकास अधिकारी महेन्द्र कुमार सापकोटाले पटक–पटक तलब भुक्तानीका लागि सिफारिस पत्र दिंदै ओखलढुङगाको हर्कपुरमा रहेको सडक विभागसँग तलब लिन पठाए पनि उल्टै खोटाङ जिल्लामै लिन भनेर रित्तो हात पठाएको कागजपत्र देखाउँदै उनले तितो अनुभव सुनाए । जिल्ला समन्य समिती र सडक विभागको हानाहान हुँदा आफु चेपुवामा परेका र आफुले पाउनुपर्ने सेवा सुविधा नदिएको उनको आरोप छ । कानुनी प्रक्रिया अनुसारको तलब भुक्तानी गराई पाउँ भन्ने पत्र साथमा राखी सडकको काम गरिरहेका उनले बाँकी पैसा कानुन बमोजिम लडेर लिने बताए । खोटाङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग अन्तरगतका सबै रेखालुु सडक डिभिजन कार्यलय हर्कपुर ओखलढुङगामा हस्तानतरण गरेको भए पनि मटकले आफ्नो तलब पाएका छैनन् ।

‘आफ्नो कार्यकालमा यस्तो समस्या पहिलोपटक आएका र कानुन बमोजिम निजले पाउनुपर्ने सेवा सुविधा पुष्टि भए कुनै कसर बाँकी नराखी तत्काल उपलब्ध गराईने स्थानीय विकास अधिकारी राजन कुमार बिसीले बताए ।’ प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलका अनुसार ‘उतm समस्याको गहिरो अनुसन्धान गरिने छ । पिडीतलाई क्षतिपुर्ती दिलाउन थप पहल गर्नका लागि पिडीतपक्षबाट सम्पुर्ण विवरणसहित निबेदन पेश गर्नसमेत उहाँले सुझाव दिनुभयो ।’

सडकको सामान्य खाल्डाखुल्डीमा ढुङ्गा गिटी ओछ्याउने, सम्याउने, सडक दायाँबायाँका सानातिना रुखहरु काटछाँट, वर्षातका पानी कटानजस्ता कामगरी सडकलाई सहज तथा सुहाईदिलो बनाउने मटकले आफुले बनाएको बाटोमा बस, जीपले यात्रुहरुलाइ गन्तब्यस्थलसम्म पु¥याईदिंदा गर्व महशुस हुने बताए । मध्यपहाडी लोगमार्गले छोएको उनका पुर्खौली घर घडेरी, १ छोरी, २ छोरा र एक श्रीमती रहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तmेल – हलेसी सडकका हेरालु हर्कराज तामाङ उर्फ ‘मटक’ खाल्डाखुल्डी बाटो बनाउँदै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *