सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृतिनै समृद्धिको आधार भएको बताए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृतिनै समृद्धिको आधार भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचानबाट समृद्धि खोज्ने प्रयास गरिरहेकोमा खुसी पनि व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले हाम्रा भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै पनि नेपाल विश्वसामू गर्व गर्न लायक राष्ट्र बन्न सक्ने दावी समेत गरे ।

हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष प्रचण्डले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा साँस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *