सत्यकला राईको “र्‍याई र्‍याई गर्‍यो सारंगी” गीत सार्वजनिक (भिडियो सहित)

माघ ८ काठमाडौ,तिमीलाई हंगकंग पुर्‍यायो तिम्रै आईडीले, तिमी म संग नबोल्ने अरे, कुरा च्याटैमा, भेटौला मायालु इन्टर नेटैमा, तिमी संग हारे मैले, तिम्लाई माया मारे मैले जस्ता दर्जनौ हिट गीत गाई सकेकी गायिका सत्यकला राई फेरि अर्को गीत र्‍याई र्‍याई गर्‍यो सारंगी बोलको लोक भाका लिएर बजारमा आएकी छिन् ।

केहि समयको अन्तराल पछाडी फेरि सांगीतिक आकाशमा उदाएकी गायिका सत्यकला राईको र्‍याई र्‍याई गर्‍यो सारंगी बोलको गीतलाई पुरु लम्सालले लेखेका हुन् भने, थानेश्वर गौतमले संगीत दिएका छन् । मोडेल अनु शाह र नरेश वीर शिंहले अभिनय गरेको उक्त भिडियोलाई दिनेश पाख्रिनले निर्देशन गरेका छन् ।

र्‍याई र्‍याई गर्‍यो सारंगी गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *