सन् २०१८ मा विश्वकप फुटबल खेल्ने ३२ टिमको टुंगो लाग्यो

काठमाडौं, ३० कात्तिक- सन् २०१८ रसियामा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुस सहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।

यसरी छनौट हुनेमा आयोजक रुस सहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै सेनेगल, टुनिसिया, मोरक्को, स्वीडेन, डेनमार्क, क्रोसिया, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया र पेरुले पनि विश्वकपमा भिड्न आफ्नो स्थान पक्का बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *