सप्तकोशी नदीको पानीमा अमेरिकाले पनि चासो देखाउन थाल्यो

माघ २६ काठमाडौ,सप्तकोशी नदीको पानीमा अमेरिकाले पनि चासो देखाउन थालेको छ ।

एक सातादेखि नेपाल स्थित नेपाली दुतावासका कर्मचारी र उनीहरुका सहयोगी सुनसरी र उदयपुरलाई केन्द्र बनाएर बराहक्षेत्र देखि मधुवनसम्म अनौपचारिक भ्रमण गर्दै सप्तकोशीसँग सम्बन्धित तथ्यहरुको संकलन गर्दै अध्ययन र अवलोकन गरिरहेको पाईएको छ ।

स्थानीय सुरक्षाकर्मीलाई समेत जानकारी नदिई गोप्य रुपमा उनीहरुले निरन्तर कोशीबाट प्राप्त हुन सक्ने सिचाई, खानेपानी र जलविद्युतको सम्भाब्यताको विषयमा अध्ययन गरिरहेको स्रोतले जनाएको छ ।

यही क्रममा नेपाल स्थित अमेरिकी राजदुत एलियाना बि टेप्लिजले समेत यो क्षेत्रको अवलोकन भ्रमण गरेका छन । सोमबार सुनसरीतर्फको क्षेत्रको अनौपचारिक अवलोकन गरेका उनी त्यसै दिन उदयपुरतर्फ लागेका छन् । राजदुत टेप्लिज यहाँ आएको विषयमा जिल्ला स्थित नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी अनभिज्ञ रहेको पाईएको छ तर यस विषयमा नेपाली सेनासँग भने समन्वय रहेको समाचार स्रोतले जनाएको छ ।

भोजपुरको सुनाखम्बी, धनकुटाको आहाले, सुनसरीको बराहक्षेत्र र उदयपुरको मैनामैनीको संगम स्थलमा उच्च बाँध निर्माण गर्न भारतले अध्ययन गर्दा पनि विगतमा कोशी जनअधिकार मञ्च, लिम्बुवान सम्बद्ध विभिन्न दलहरु, विप्लब नेतृत्वको नेकपा माओवादीले अवरोध र विरोध गरेपछि काम अघि बढन सकेको थिएन । भारतले चतरमा स्थापना गरेको कार्यालय नै हटाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *