समाजसेवी यशोदा थापाको पहलमा २० जना निस्हायलाई रौतहटमा राहत वितरण

रौतहट, २१ असार- बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको बिशेष पहलमा रौतहटका २० जना असहाय, गरिब, दलित, अनाथ बालबालिका र अपाङ्गलाई राहत सामग्री वितरण गरिएको छ ।

अपांग र असहायका सहारा बनेकी नेपालको कास्की जिल्ला पोखराकी छोरी एक सवाल समाजसेवीको रुपमा परिचित हुदै आएकी यशोदा थापा युरोपको बेल्जियममा बिगत १७ सालदेखि बस्दै आईरहेकी थापाले रौतहट जिल्लामा धेरै जसो ठाउँमा अपाङ्ग, गरिब लगायतको असहाय व्यक्तिलाई विभिन्न किसिमको सहयोग गरेकी छिन् ।

गौर नगरपालिका साविक झुन्खुनवा टोलमा ६५ वर्षिया भगवनी देवी दास, ७० बर्षीय फुलमतीया देवी, सुरेन्द्र दास तत्माको दुई १५ महिने अनाथ छोरा र ३ बर्षीय छोरी, परोहा गाउँपालिका बसन्तपटी टोलका ७५ बर्षीय गाणेशी देवी, ५८ बर्षीय नगिना देवी राम, वडा नं ८ रामपुरखाप टोलका ११ बर्षीय राज मोहम्द, लौकाहा पोखरी टोलका २० बर्षीय मो. असरे आलम, ३७ बर्षीय मो. नुरसिद आलम, माधवनारायण गाउँपालिका माधोपुर टोलका ३५ बर्षीय रामश्रेष्ठ ठाकुर, ५५ बर्षीय जवाहीर यादव, राजपुर गाउँपालिका फतुवा टोलका २४ बर्षीय मो. अतिकुर रहमान र १३ बर्षीय मो. सावीर लगायत २० जना गरीब, दलित, बस्तीमा अपाङ्गर एकल महिला,निस्हाय, अनाथ बालबालिकालाई ५० केजी चालम प्रत्येकलाई, बिधार्थीलाई कापी कÞलम, लगाउने लुगा र अपाङ्गलाई बैशाखी सहित राहत स्वरुप प्रदान गरिएको हो ।

क्षेत्रीय समाज बेल्जियमको महासचिव तथा एन.आर.एन बेल्जिय उपाध्यक्ष, समाजसेवी यसोदा थापाले बिशेष पहल गरी रौतहटका केही अपाङ्ग, गरिब व्यक्तिहरुको लागि युरोपको बेल्जियममा बस्ने७१ जना नेपाली बासीहरूसँग अनुरोध गरी आफनो अहम भुमिका निर्वाहका साथलुभेनबाट एकदिनपेरिस भ्रमण नाम दिने एक कार्यक्रम आयोजना गरीयात्रामा १६६० युरो डलर कलेक्सनबाट बस भारा दिई सोही भ्रमणबाट अन्य खर्च ३० युरो मुनाफा भएको रकमबाट नेपालको रौतहटमा २० जना, गरीब, दलित, बस्तीमा रहेका अपाङ्ग, गरिब बालबालिका र एकल महिलाहरूलाई राहत स्वरुप असहाय र अपांगको सहयोग गर्दै मनाउने अभिप्रयाले पठाएको रकमबाट उक्त सामग्रीहरु खरिद गरि स्थानिय सहयोगमा सक्रिय भुमिका खेल्दैं आएका रिपोर्टस क्लब नेपाल रौतहटका अध्यक्ष तथा मधेश प्रदेश आनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलले सो राहत सामाग्री वितरण गरेको छ ।

उक्त भ्रमण कार्यक्रममा साथ दिने ईन्द्र धनुष क्लबका अध्यक्ष मिण्ड गुरुङ्ग, एन.आर.एन.युरोप बेल्जियका अध्यक्ष गंगाधर गौतम र उपाध्यक्ष पदम गुरुङ्ग, लगायत सम्पूर्ण पेरिस भ्रमणमा यात्रा गर्नु हुनेलाई समाजसेवी यसोदा थापा धन्यवाद समेत ब्यक्त गर्नुभएको बताएका छन ।

आफुहरु जस्ता अपांग र असहायलाई यस्ता सहयोग गरेकी यशोदा थापा लगायत यसमा साथ दिने सबै सहयोगी दातालाई राहत लिने असहायहरुले सु-स्वास्थ तथा लामो दिर्घायुको कामना समेत गरेका थिए ।

राहत वितरण कार्यक्रममा पूर्व सभासद बबन सिंह, पूर्व नेपाली काँग्रेस रौतहट सभापती मो. महताब आलम, नेकपा एमाले पूर्व सभासद मो. अब्दुल कलाम अजाद, फोरम नेपाल केन्द्रीय सदस्य योगेन्द्र यादव, प्रदेश सदस्य बृजकिशोर यादव, नेकपा एमाले परोहा गाउँपालिका उम्मेदवार पवन कुमार पटेल, राजपा युवा नेता ओमप्रकाश साह लगायत दर्जनौ नेता, पत्रकार र स्थानीयको उपस्थितिमा मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको कार्यालय सदरमुकाम गौरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *