समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाउन बालकोटमा बैठक बस्दै

काठमाडौ, १३ पुस- नेकपा एमालेले सातै प्रदेशमा समानुपातिकतर्फका सांसद आज टुंगो लगाउने भएको छ। समानुपातिक सांसद टुंग्याउन एमाले स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्ने भएको छ । बैठकले प्रदेशका समानुपातिक सांसदहरुको टुंगो लगाउने बताईएको छ ।

बैठकमा माओवादीसँगको एकता र सरकार गठनका विषयमा पनि छलफल हुने बताईएको छ । प्रदेश सभाको समानुपातिकतर्फ २ र ७ मा बाहेकका ५ प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ। प्रदेश र प्रतिनिधि सभाको चुनावपछि दोस्रो पटक एमाले स्थायी समिति बैठक बस्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *