सरकारले फ्री भिसा र फ्री टिकटमा बिदेश गएकाहरुको विवरण माग्यो,तर म्यानपावर व्यावसायिहरुले नदिने

चैत्र ३ काठमाडौ,नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगर विभागले फ्री भिसा र फ्री टिकटमा विदेश गएका कामदारहरुको विवरण मागेको छ । वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई पत्र लेख्दै विभागले, आफूले निःशुल्क भिसा र टिकटमा विदेश पठाएका कामदारको सूची विवरण पेश गर्न भनेको छ ।

२०७२ असार २१ गतेयता फ्री भिसामा पठाएका कामदारको विवरण म्यानपावरहरुले ७ दिनभित्रै विभागमा पठाउनुपर्नेछ । सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो । निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नभएको गुनासो सर्वत्र भएपछि सरकारले यस्तो विवरण मागेको हो ।

सरकारले ७ दिनभित्रै कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कामदार पठाएको एयरलाइन्सको सबै विवरण मागेको छ ।

वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङ भने आफूहरुले सरकारको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै यसअघि नै भनिसकेकाले विवरण उपलब्ध नगराउने बताउँछन् ।”हामीले यसअघि नै सरकारले हामीसँग ३१ बुँदे सम्झौता गरेर निःशुल्क भिसा र टिकटको निर्णयमा पुनर्बिचार गर्न सहमति जनाएकाले त्यसो पुरा नभएसम्म यस्तो विवरण माग्नुको कुनै तुक छैन” गुरुङले भने ।

आफूहरुले फ्री भिसा दिन सकिने भएपनि टिकट दिन नसकिने भनेर पहिल्यै सरकारलाई भनिएको बताउँछन् । उनले १० हजार रुपैयाँ सेवा शुल्क पनि अब्यवहारिक भएकाले त्यसलाई पनि आफूहरुले नमानेको बताए ।

वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई लेखिएको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *