सरकारले शुरु गर्यो चौथो उद्धार उडान

काठमाडौँ,साउन १६  – सरकारले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चौथो चरणको उद्धार उडान शुरु गर्न भएको छ । उद्धार आज बाट सञ्चालनमा आउने पक्का भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार कार्य सञ्चालन गर्ने भएको छ । अलपत्र नेपालीहरुको उद्धारका निम्ति नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सलाई जिम्मा दिईएको छ । उनीहरुले उडान तालिका बनाइ सकेका छन् । हिमालयन तथा नेपाल एयरलाइन्सले जम्मा १८,१८ उडान गरी ३६ उडान भर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचना खबरलाई जानकारी दियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उद्धार उडान तालिकाअनुसार एयरलाइन्सहरुले कतार,दोहा,दुवई, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वोलालम्पुर र जापानको नारिता चार्टर्ड उडान चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड बाट उडान गर्ने जनाएको छ ।

 

Live Updates COVID-19 CASES