सरकार बन्ने र ढल्ने हिसाब किताब यस्तो छ

काठमाडौ १९ असोज- बाम एकता भए संगै, प्रधानमन्त्री शेरबहादुर देउवा सरकार कसरी टिकाउन र आगामी प्रदेश र संसदको निर्वाचन कसरी जित्न सकिन्छ भनेर हिसाव कितावमा जुटेका छन् ।

संसदमा हाल ५९१ जना सांसद छन् । एमाले १८०, माओवादी केन्द्रका ८१ र नयाँ शक्तिका १ सांसद छन् । तीन दलका गरी जम्मा २६२ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि ५९१ को बहुमत सांसद आवश्यक पर्छ । सरकार बनाउन अथवा टिकाउनका लागि गठबन्धनलाई कम्तिमा पनि २९६ सांसदको आवश्यकता पर्छ । जसका लागि अझै ३४ जना सांसद अपुग हुन्छन् ।

एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन, नेकपा मालेका ४, राष्ट्रिय जनमोर्चाका ३ र नेमकिपाका ४ सांसद्ले साथ दिएमा अझै २३ सांसद अपुग हुने देखिन्छ । त्यसका लागि विजय गच्छदार, कमल थापा र पशुपतिशमशेर राणामध्ये कसैले साथ दिनुपर्ने हुन्छ ।

तिमध्ये दुई दल अहिले नै सरकारमा छन् कमल थापाले साथ दिए साना दलका बाँकी ४ सांसद अझै आवश्यक पर्ने देखिन्छ । त्यसैले पनि अहिलेको अवस्थामा सरकार बनाउन त्यति सहज भने देखिँदैन । राप्रपासहित अहिलेको सरकारमा सहभागीमध्ये गच्छदार र राणाले वाम गठबन्धनलाई सहयोग गरे भने नयाँ सरकार बन्न सक्ने छ ।

नेपालमा हाल संसदहरु यसप्रकार रहेका छन्
कांग्रेस २०७
एमाले १८०
माओवादी ८१
राजपा २५
राप्रपा १९
नेपाल लोकतान्त्रिक फोरम १८
राप्रपा प्रजातान्त्रिक १८
संघीय समाजवादी फोरम १५
माले ५
नेमकिपा ४
राजमो ३
नेकपा संयुक्त ३
परिवार दल २
बहुजन शक्ति पार्टी १
संघीय लोकतान्त्रिक थरुहट १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
वौद्धिक जनतान्त्रिक परिषद नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
अखण्ड नेपाल पार्टी १
जनजागरण पार्टी १
मधेस समता पार्टी नेपाल १
नयाँ शक्ति पार्टी नेपाल १
स्वतन्त्र १
यो संसदको म्याद कार्तिक ५ गते समाप्त हुदै छ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES