सर्वनाम थिएटरमा महफिल

माघ ७ काठमाडौ, सर्वनाम थिएटर, साहित्य परिवार नेपाल मेडिकल कलेज प्रा.लि., मधुवन साहित्यिक प्रतिष्ठान नेपाल, शब्दघर छापाखाना, उर्वरा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा यही माघ ८ गते शनिबार दिनको २ बजे डोटीका गजलकारद्धय विपिन सलामी र नरेन्द्र विहानी महफिल सातौँ श्रृङ्खलामा सहभागी हुनेछन् । जहाँ यी दुई गजलकारले आफ्ना २४ वटा गजल वाचन गर्नेछन् भने डोटीका गायक तथा संगीतकार विष्णु भट्टले डोटेली भाषाको गजललाई गायनमा प्रस्तुत गर्ने छन् ।

आफै बेखबर अनि माम पाउँदैन
डुलुवा  छ  मन  राम  पाउँदैन

जति देखाए पनि कैँचीको खेल
खेलाडीको दर्जा  जाम  पाउँदैन

आफ्नो हातको नाडी छाम्छ,नशा छाम्छ
जब उसले अरु कुनै काम पाउँदैन

विपिन सलामी

दुईटै काटिएपछि पखेटा के गर्छ
हिडँडुल गर्न बाहेक चपेटा के गर्छ

पानी खाएरै बितायो दिन जसोतसो
सोच्दैछु गरिब अब रखौटा के गर्छ

खुसी लुट्यो एउटा जिन्दगी लुट्यो
एकतर्फी प्रेमले अरू यो फर्चौटा के गर्छ

नरेन्द्र विहानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *