सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान

कालिकोट १० मंसिर- कालिकोट जिल्लाको मालकोटमा दिउँसै दोहोरो गोली हानहान भएको छ । मालकोटमा मतदान गर्न स्थानीय नआएपछि प्रहरी गाउँ पसेर मतदान गर्न भन्न थालेपछि अज्ञात समूह र प्रहरीबीच दोहोरो गाली हानाहान भएको हो ।

अज्ञात समुहबाट सल्लारुख मतदान केन्द्रलाई लक्षित गरी अत्याधुनिक हतियार एसएलआरबाट गोली प्रहार गरेपछि केही बेर दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरीले २५ राउण्ड गोली चलाएको छ भने गाउँतिरबाट अत्याधुनिक हतियारद्वारा ४० राउण्ड गोली हानिएको छ । अघिल्लो पटक स्थानीय तह निर्वाचनमा झैँ यो पटक पनि सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान भएको छ । मालकोटकै उत्सव मतदान केन्द्रबाट भने जम्मा १ सय ५० मत खसेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES