सवारी दुर्घटनामा एक जनाको मृत्यु

असोज २८ काठमाडौ,पूर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक जना मोटर साइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको ना ५ ख ४०२९ नम्बरको को ट्रकले बिपरित दिशा तर्फ जादै गरेको ना १४ प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी देउराली गाबिस २ निवासी २७ वर्षीय दिपेन्द्र कुमालको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते कुमालको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *