सवारी साधनको नम्बर प्लेट परिवर्तन हुने

काठमाडौ २१ भदौ- सरकारले प्रदेशकै संरचनाअनुसार इम्बोस्ड प्लेट (सवारी प्लेट नम्बर) वितरण गर्ने भएको छ । अञ्चलको संरचनाअनुसार सुरु भएको वितरण पनि रोकिने भएको छ ।

बुधबार बसेको विकास समिति बैठकमा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी थाल्ने बताएका हुन् । यसको लागि ठेकेदार कम्पनीसँग छलफल गरेर अञ्चलको सट्टामा प्रदेश नम्बर उल्लेख गरिने भएको हो ।

‘प्रदेशको नाम नटुंगेसम्म प्रदेशको पहिचान नम्बर राख्ने गरी तयारी थालेको बताईएको छ । त्यसैले अब तत्काल अञ्चलको नाम राखेर इम्बोस्ड वितरण नहुने भएको हो ।

यातायात व्यवस्था विभागले हालसम्म ८ वटा सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरि सकेको छ। त्यस्तै ७५ जनाले आवेदन दिएकोमा तत्कालका लागि त्यसलाई स्थगित गरिएको बताईएको छ । प्रदेशका नामबाट नम्बर प्लेट जारी गर्नका लागि नीतिगत समस्या समाधानका लागि तत्काल गृहकार्य गर्नु पर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *