साझा यातायातामा अब स्मार्ट कार्ड बाटै बसको भाडा तिर्न सकिने

माघ २२ काठमाडौ,विकसित मुलुकहरुको सार्वजनिक यातायातहरुमा नेपालमा जस्तो खलासी हुदैन । चालक आफैले टिकेट दिन्छ या त ढोकामा रहेको स्मार्ट कार्ड मेशिन( डिभाइस) बाट लाग्ने भाडा काट्छ । यसले गर्दा यात्रुहरुमा झन्झट कम हुन्छ । यो सुविधा अब नेपालको साझा यातायातले पनि दिने भएको छ । साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो ।

केही दिनमै सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन् । सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ । सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातको कार्यलयबाट बिक्री सुरु गर्नेछ । यस्तो प्रणाली लागू भएपछि यात्रुहरुले अझै सहज रुपमा यात्रा गर्न पाउनेछन् । यो कार्डको प्रयोगले खलासीले मनपरी भाडा असुल्न पाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *