साफ महिला यु–१५ फुटबल प्रतियोगिताको यस्तो छ खेल तालिका

काठमाडौं- दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला यु–१५ फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश संग खेल्ने भएको छ ।

सार्वजनिक भएको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेश सँग खेल्दै प्रतियोगिताको उद्‌घाटन गर्ने छ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ। शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन्। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *