सालोन चेम्जोङलाई बोन क्यान्सर, उपचार सहयोगको लागि आग्रह

काठमाडौ १९ चैत्र, ६ बर्षिय बालक सालोन चेम्जोङलाई बोन क्यान्सर भएकोले उपचारको निम्ति “चेम्जोङ तुम्देन चौतारी परिवार”ले सहयोगको आग्रह गरेको छ । मोरङ जाँते ८ बुढ्यौली चोक निवासी योग्य बहादुर चेम्जोङ लिम्बू र भिम कुमारी चेम्जोङको छोरा युकेजीमा अध्यनरत ६ बर्षिय सालोन चेम्जोङलाई बोन क्यान्सर भएको हो ।salon chemjong

उनको हाल बि. पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भईरहेको छ । पारिवारिक आर्थिक स्थिति नाजुक भएकोले उनको उपचारको निम्ति समाजसेवी,बुद्धिजिबी र सहयोगी मनहरुलाई सहयोग जुटाईदिनहुन सालोन चेम्जोङ्ग उपचारका अभियन्ता इक्साहाङ्ग चेम्जोङ्गले आग्रह गरेका छन् । “कृपया सहयोगी हातहरु अगाडि बढाउनु होला कलिलो कोपिला जस्तो सालोनको जिन्दगी बचाउन कन्जुस्याइँ नगर्नु होला” इक्साहाङ्ग चेम्जोङ्गले भनेका छन् ।

सहयोग गर्न चाहनेहरुले एनएमबी बैंकमा योग्य बहादुर लिम्बुको नाममा रहेको खाता नम्बर ०५८२१५००४८८८९०००००१ (N M B बैंक)मा आर्थिक सहयोग रकम जम्मा गर्न सकिने छ । अधिक जानकारीको लागि ९८०८०६८२१९ मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *