सिंगापुरलाई हराउँदै नेपालले उपाधि जित्यो

काठमाडौं, २ पुस – नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए ।

नेपालका विशालविक्रम केसीले ६३ रन बनाए । ७९ बल खेलेका केसीले ४ चौका र १ छक्का हाने । यस्तै नट आउट रहेका नारायण जोशीले २३ बलमा ४६ रन बनाए । विस्फोटक ब्याटिङ गरेका जोशीले ५ चौका र १ छक्का हानेका थिए । यस्तै सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *