सिकागोमा नारायण गजमेरको “निश्चल” सार्वजनिक

काठमाडौ १० चैत्र, गायक नारायण गजमेरले “निश्चल” नामक गीति एल्बम बजारमा ल्याएका छन् । तरन ईन्टरटेन्टको आयोजनामा संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा एक कार्यक्रमको बीच ख्यातिप्राप्त गायक निमा रूम्बाको हातबाट यो एल्वम बिमोचन गरिएको थियो ।

कार्यक्रममा गायक निमा रूम्बा र बेन्डले नेपाली गीत संगीतकाप्रस्तुति गरेका थिए । भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि तन मन नेपालमै रहेको बताउने नारायण गजमेर यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन् । बहुमुखी प्रतिभाको धनी उनी निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागेका छन् ।

धेरै उत्कृष्ट गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गरेर सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् । यो गीति एल्बममा छुट्टा छुट्टै गीतकारहरूको शब्दलाई वरिष्ठ संगितकारहरूको धुनमा गायक गजमेरको स्वर रहेको सात वटा गीतहरु समाबेश गरिएको छ । गीतहरु अत्यान्तै मार्मिक र मनोरंजानात्मक रहेका छन् ।

सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन बोल रहेको गीतको म्यूजिक भिडियो पनि यु ट्युब बाट सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *